आइक्यानको वेब साईटमा सुचना अपडेट नहुँदा बिधार्थी भ्रममा
Powered by Blogger.
आइक्यानको वेब साईटमा सुचना अपडेट नहुँदा बिधार्थी भ्रममा

नेपाल चार्ट्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को वेब साईटमा हल परिक्षा सम्बन्धी सुचना अपडेट नहुँदा बिधार्थी भ्रममा परेका छन । सुचनामा आगामी जुनमा परिक्षा दिने बिधार्थीका लागि हल परिक्षा दिने अन्तिम समय फेब्रुअरी अन्तिम साता भनिएको छ भने आइक्यानले भने हल परिक्षा जनवरी अन्तिम मै सक्नु पर्ने जनाइरहेको छ । यसले आइक्यानको हल परिक्षा प्रणालीका बारेमा थोरै मात्र बुझेका र सबै सुचनाका लागि वेब साईट मै भर पर्ने धेरै बिधार्थी हरुलाई अन्योलमा पारेको छ । फेब्रुअरी अन्तिम साता सम्म समय भएको भन्दै धेरैले अझै पनि हल परिक्षाका केही बिषय थाती राखेका छन । तर पोस्टल परिक्षा बुझाउन जादा आइक्यान का कर्मचारीले जनवरी अन्तिम साता नै हल परिक्षाको अन्तिम मिती भएको बताएपछी केही बिधार्थीहरु अन्योलमा परेका छन । हाल क्याप टु पढिरहेका एक बिधा र्थी भन्छन, " वेब साईटमा फेब्रुअरी अन्तिम भनेर लेखिएको छ । सबै सुचना वेब साईटमै पाइने हुनाले  मैले आइक्यानमा बुझिन पनि । भ्याइहालिन्छ नि भन्ने हिसाबले परिक्षा दिदै थिए, एकासी जनवरी अन्तिम साता मा समय सकिने थाहा पाएपछी तनाबमा छु । "

यता बिधार्थी मामिला सखाका आइक्यान प्रतिनिधिले वेब साईट अपडेट नभएकाले त्यसो भएको हुन सक्ने तर हल परिक्षाको अन्तिम मिती भने जनवरी अन्तिम साता नै भएको बताएका छन । हल परिक्षाको समय थपिन्छ कि थपिद्दैन भन्ने प्रश्नको उत्तर दिदै उनल भने" बिगत मा नेपाल बन्द जस्ता कार्यक्रमले बिद्यार्थीलाई डिस्टर्ब गरेकाले म्याद थपिएको थियो, यसपाली त्यस्तो केही नभएकाले म्याद थप्ने सम्भावना निकै कम छ"
यता सिए सरोकारका सम्बाददाता सुरज प्याकुरेलसँग कुरा कानी गर्दै आइक्यानका टेक्निकल डाइरेक्टर पि.एन अधिकारिपनि हल परिक्षाको अन्तिम म्याद जनवरी अन्तिम नै भएको बताउनु भएको छ।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses