एनकासाबाट शिवराम कटवालले दिए राजिनामा, नायाँ अध्यक्षमा मनोज पौडेल
Powered by Blogger.
एनकासाबाट शिवराम कटवालले दिए राजिनामा, नायाँ अध्यक्षमा मनोज पौडेल

नेपाल चार्टड एकाउन्टेन्ट्स बिधार्थी एसोसिएसन (एनकासा) बाट सिवराम कटवालले राजिनामा दिएका छन । एक बर्षको कार्यकाल सकिएसंगै कटवालले एनकासाको अध्यक्ष पदबाट राजिनामा दिएका हुन । आफ्नो कार्यकालभर नेपाली सिए बिधार्थी माझ निकै नै राम्रो अध्यक्षको रुपमा ख्याती कमाएका कटवाल एनकासाको कार्यसमितीमा भने रहने एनकासा स्रोतले बताएको छ । यसै बिच एक प्रेस बिज्ञप्ती जारी गर्दै एनकासाले शिवराम कटवालको राजिनामा स्विकृत गरेको बताएको  छ । कार्यसमिती हेरफेर भएको जानकारी दिदै एनकासाले नया अध्यक्षमा मनोज पौडेल्, उपाध्यक्षमा अनिल शर्मा , र सचिव मा दामोदर पौडेल हुने गरी कार्यसमितीमा हेर्फेर भएको जानकारी दिएको हो । कोषाध्यक्ष मा भने ऋषि राम पोखरेलले नै निरन्तरता दिनुहुने भएको छ । अन्य कार्यसमितिका सदश्य पनि पुरानै रहने  बताइएको छ  । यसै बीच पूर्व अध्यक्ष कटवालको सफल कार्यकालका लागि बधाई दिदै उहालाई एनकासाको तर्फबाट कदर पत्र प्रदान गरिएको खबर छ । 


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...

0 comments

Write Down Your Responses