भारतमा रही सिए अध्यायन गरिरहेका नेपाली बिधार्थीहरुको समुह मध्यको एक समुह सिए नेपाली बिधार्थी संघ दिल्लीको सम्योजनमा बाढी पहिरो पिडितका लागि संकलित राहतलाई आज प्राधानमन्ती राहत कोशमा जम्मा गर्न नेपाल सरकारका उपप्राधान मन्त्री तथा स्थानिय बिकाश मन्त्री प्रकाशमान सिंहलाई हस्तान्तरण गरिएको छ । भारतमा सिए अध्ययनरत बिधार्थीबाट संकलित कुल ३६६०८ रुपैया हस्तान्तरण गरिएको हो । पत्रकार सुराज प्याकुरेल, र सिए नेपाली बिधार्थी संघका प्रतीनिधिले संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा सन्क्षिप्त प्रतिकृया दिदै उपप्राधान मन्त्री प्रकाशमान सिंहले बिधार्थीहरुको यो कार्य निकै नै स्वागतयोग्य भएको बताउनुभएको छ । साथै उक्त कार्यक्रम मा संघ ले प्रकाशन गरेको क्यालेन्डर समेत हस्तान्तरण गरिएको थियो । भारतमा करीव १२००० नेपाली बिधार्थीहरु सिए अध्ययन गरिरहेका संघका अध्यक्ष पदम भट्टराइले सिए सरोकारलाई बताउनु भयो । सिए सरोकारले संकलन गरेको राहत रकम यस अघि नै प्रधानमन्त्री राहत कोषमा जम्मा भैसकेको छ । हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...

0 comments
Write Down Your Responses