कोचीङ सेन्टरका प्रतिनिधि भन्छन्, 'सिए सिक्षामा लगाइएको भ्याट हटाउ'
Powered by Blogger.
कोचीङ सेन्टरका प्रतिनिधि भन्छन्, 'सिए सिक्षामा लगाइएको भ्याट हटाउ'

देशभर रहेका विभिन्न सिए अध्यापन गराउने कोचीङ सेन्टरका प्रतिनिधिहरुले सिए शिक्षामा लगाइएको भ्याट तत्काल हटाउन माग गरेको छन् । बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच विभिन्न कोचीङ सेन्टरका प्रतिनिधिहरुले सिए शिक्षामा लगाइएको भ्याट तुरुन्त हटाउन माग गरेका हुन् । यसअघि पनि सिए शिक्षामा लगाइएको भ्याट हटाउनु पर्ने माग विभिन्न कोचीङ सेन्टरका प्रतिनिधिहरुले राखेका थिए ।    

यता सिए शिक्षामा भ्याट हटाउने भन्ने कुरामा आइक्यानलेनै लवीङ गर्नुपर्ने विभिन्न सरोकारवालाहरुको भनाइ छ । सिए सरोकारसँग कुराकानी गर्दै एक कोचीङ सेन्टरका प्रतिनिधि भन्छन्, 'हामीले पनि नेपाल सरकारको नियम अनुसार विद्यार्थीलाई शिक्षा प्रदान गरिरहेका छौं ।  त्यसैले हामीलाई लगाइएको भ्याट हटाइनुपर्ने हाम्रो माग हो ।'

यता विभिन्न करविज्ञले भने सिए शिक्षामा भ्याट हटाउन आइक्यान, आन्तरिक राजश्व विभाग, लगायतका संस्थाहरुबीच समन्वय हुनुपर्ने बताएका छन् ।

काठमाडौँमा सञ्चालित सिए कोचीङ सेन्टरहरुले भ्याट तिर्नुपर्ने ब्यबस्था छ ।       


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...

0 comments

Write Down Your Responses