देउसी भैलो खेल्दै आइक्यानका सिए बिधार्थीहरु
Powered by Blogger.
देउसी भैलो खेल्दै आइक्यानका सिए बिधार्थीहरु

बिगतमा संस्थागत रुपमा एनकासाका तर्फबाट विभिन्न कार्यक्रम गरिरहेका नेपाली सिए बिधार्थीहरुले यसपालि भने स्वतन्त्र रुपमा देउसी भैलो खेल्ने भएका छन्। परिक्षा नजिकिदै गर्दा बढेको तनावलाइ केहि छिन भएपनि साम्य बनाउदै सिए परिवार मै तिहार मनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको बताईएको छ।  कार्यक्रम अन्तर्गत आइक्यानका अध्यक्ष , उपाध्यक्ष , काउन्सिलका सदश्यहरु , एक्यानका प्रतिनिधिहरु, आइक्यान का माथिल्लो तहका कर्मचारीहरु  लगायतका घरमा पुगी देउसी भैलो खेलिने नेपाल सिए बिधार्थी देउसी भैलो कार्यक्रमका प्रतिनिधिहरुको  भनाई छ।  बिसेष गरि आइक्यानका अध्यक्ष नरेन्द्र भट्टराइ , उपाध्यक्ष प्रकाश लम्साल , काउन्सिल सदश्य सुरेश देवकोटा, र अच्युत राज जोशी , एक्यानका अध्यक्ष भरत रिजाल, सिए दीपक पाण्डे , सिए रमेश धिताल , सिए भव नाथ दाहाल, सिए महेश गुरागाई, सिए परमानन्द अधिकारी , सिए बिनय प्रकाश श्रेष्ठ लगायतका सिएहरुका घरमा पुगी देउसी भैलो खेलिने बताइएको छ। कार्यक्रम यहि कार्तिक ६, ७, र ८ गते हुने बताइएको छ। 


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses