आईक्यानले भुकम्प पिडितहरुका लागि संकलन गरेको कुल २७ लाख ४ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। हिजो एक कार्यक्रमकाबीच उक्त रकम प्रधानमन्त्री मार्फत राहत कोषमा जम्मा भएको हो। प्रधानमन्त्री सुशील कोइरालासंग भेट्दै आईक्यानका पूर्व अध्यक्ष मधुबीर पाण्डे, आईक्यानका अध्यक्ष नरेन्द्र भट्टराई, उपाध्यक्ष प्रकाश लम्शाल,आईक्यानका कार्यकारी दिर्देशक बिनय प्रकाश श्रेष्ठ र मोहन कुमार पराजुलीको समूहले उक्त रकम हस्न्तान्तरण गरेरको हो। आईक्यानलाई विभिन्न देशका सिए संस्थाहरुले राहत रकम सहयोग गरेका थिए।
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...


0 comments
Write Down Your Responses