ऋषि राम अधिकारी, दिल्ली ब्युरो।
सिए नेपाली विधार्थी संघ दिल्लीले सिए विधार्थीको प्रतिभा प्रस्फ़ोटन गर्ने उदेश्यले बिगत केहि वर्षदेखि निकालीरहेको बार्षिक पत्रिका यसपाली पनि निकाल्ने भएको छ। यसका लागि सिए नेवि संघले सिए तथा सिए विधार्थीहरुबाट लेख तथा रचनाहरुको माग गरेको छ। लेख तथा रचनाहरुमा राजनीतिक, साहित्यिक, खेलकुद, चित्रकला लगायतका बिषयहरुलाई समेट्न सकिने बताईएको छ। यहि जुलाई २२ सम्म लेख तथा रचनाहरु पठाउन सकिने बताइएको छ। अन्य जानकारीका लागि नेपालमा पदम भट्टराईलाई ९७७-९८६००८९९०६ र भारतमा गिरु न्यौपानेलाई +९१- ८५८८०६८२०५ वा राजन बन्जाडेलाई +९१-९५९९४२०५१५ मा सम्पर्क गर्ने सकिनेछ।
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...
0 comments
Write Down Your Responses