फोकलको नोवेम्बर महिनाको भेला सम्पन्न
Powered by Blogger.
फोकलको नोवेम्बर महिनाको भेला सम्पन्न

ऋषि राम अधिकारी  
दिल्ली ब्युरो, सीए सरोकार 



लक्ष्मीनगरमा रही सी.ए. अध्ययन गरिरहेका साहित्यिक मनहरुको अनौपचारिक समूह 'फोरम अफ क्रियटिभ आर्टस् एण्ड लिट्रेचर' अर्थात् फोकलको यस नोबेम्बर महिनाको मासिक भेला कार्यक्रम यही आइतबार,२२ नोबेम्बर, २०१५ मा सफलतापूर्वक सम्पन्न भएको छ। प्राइम सी.ए.को हलमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको सुरुवाती भेला देखि नै प्राइम सि.ए.ले उक्त कार्यक्रमका लागि हल उपलब्ध गराइदिएर अमूल्य सहयोग दिँदै आइरहेको छ। उक्त कार्यक्रममा साहित्य र कलामा अभिन्न रुची राख्ने विद्यार्थीहरुले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए। मासिक रुपमा हुने यस भेलामा सहभागीहरुबाट गायन कला, साथै गीत, गजल, कविता, मनोवाद प्रस्तुत भएको थियो। सबै सहभागीहरुको प्रस्तुति निकै सरानींय, बेजोड र सशत्त रहेको थियो ।

कार्यक्रमको विमर्श खण्ड अन्तर्गत अघिल्लो महिना छनोट गरिएको विषय 'नेपाल र भारतको सम्बन्ध र भारतको नाकाबन्दी' मा सहभागीहरुले आफ्नोे आफ्नो धारणा प्रस्तुत गरेका थिए। सहभागीहरुले आआफ्नो तर्फबाट अमूल्य विचारहरु प्रस्तुत गरेका थिए। कार्यक्रमको पुस्तक आदान प्रदान खण्डमा सहभागीहरुले पुस्तक आदानप्रदान गरेका थिए।

विमर्श खण्ड अन्तर्गत आगामी कार्यक्रमको शीर्षक आउँदै गरेको 'वर्तमान अघोषित नाकाबन्दीले सृजना गरेको सम्भावना तथा चुनौतीहरु' चयन गर्दै आगामी डिसेम्बर महिनाको मासिक भेला डिसेम्बरको तेश्रो आइतबार, २० डिसेम्बर २०१५ मा प्राइम सि.ए.मै साँझ ५ः३० बजे हुने निर्णय गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो ।


लक्ष्मीनगरमा रहेका सी.ए. विद्यार्थीहरुको कला प्रदर्शनीको एउटै संगम 'फोकल' बन्न सफल भएको छ जहाँ विद्यार्थीहरुले आर्टिकलसीप र पढाईलाई एकछिन भएपनि विश्राम दिँदै महिनामा एकदिन कला र साहित्य सम्झन्छन्, क्यानभासरुपी यस प्ल्याटर्फममा कसैले अक्षररुपी मसी पोख्छन् त कसैले स्वररुपी जादूले सबैको मन छुन्छन् त कसैलै बाध्यबाधनको सुरिलो धुनले बातावरणनै गुञ्जयमान गराउँछन् त कसैले अभिनयको सुन्दर हिस्सा प्रस्फूटन गर्ने गर्छन्।



हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses