वित्तीय साक्षरतामा लागेका आइक्यानका पूर्व विद्यार्थी अन्तर्राष्ट्रिय अवार्डमा छानिए, वेलायति संसदमा सम्मान
Powered by Blogger.
वित्तीय साक्षरतामा लागेका आइक्यानका पूर्व विद्यार्थी अन्तर्राष्ट्रिय अवार्डमा छानिए, वेलायति संसदमा सम्मान

वित्तीय साक्षरताको अभियानमा लागेका आइक्यानका पूर्व विद्यार्थी  वेलायति संसदमा दिइने अन्तर्राष्ट्रिय अवार्डमा छानिएका छन् । सन्सारभरीका १५८ देशमध्येबाट नेपालमा वित्तीय साक्षरता अभियानमा लागेका युवा प्रकाश कोइराला छानिएका हुन् ।

वित्तीय साक्षरतामा काम गरिरहेको संस्था अर्थ फाउन्डेसनका सहसचिव रहेका कोइरालाई अन्तिम तीन ‘फाइनलिस्ट’ मा छानिएका हुन् । चाइल्ड एन्ड युथ फाइनान्स इन्टरनेशनलले आयोजना गरेको कार्यक्रममा उनी फाइनान्सिय एजुकेशन अवार्नेस अवार्डका लागि छानिएका हुन् ।

अन्तिम तीन फाइनलिस्टमा नेपालबाट कोइरालाका साथै साउदी अरेबिया र पाराग्युबाट पनि एक÷एक जना छानिएका छन् । आउँदो १० तारिखका दिन तीन जनामध्ये एक विजेतालाई वेलायति संसद् हाउस अफ लर्डमा सम्मानित गरिने छ । कोइराला विजेता बनेमा वेलायति संसद् भवनमा पुरस्कार पाउने पहिलो नेपालीसमेत हुने छन् ।

अर्थ फाउन्डेसनले नेपालका विभिन्न जिल्लाहरुमा वित्तीय साक्षरता कार्यक्रमहरु गर्दै आइरहेको छ । फाउन्डेसनलले चार हजार जनालाई वित्तीय साक्षरतासम्बन्धि तालिम दिएको छ भने रोटरी क्लबसँग मिलेर एक बर्षमा १० हजार जना युवालाई तालिम दिन सम्झौतै गरिसकेको छ । बिजमान्डुमा खबर छ ।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses