आइक्यानको परिक्षामा निरीक्षकको चरम लापरवाहि !
Powered by Blogger.
आइक्यानको परिक्षामा निरीक्षकको चरम लापरवाहि !

कहिले प्रश्ननै छुटेको प्रश्नपत्र थामाउने काम त कहिले त्यसबारे बाहिर अरुलाई जानकारी दिंदा स्पष्टिकरण लिने काम, आइक्यान यस्ता उडीन्ठ्याउला काम गर्न निकै नै माहिर छ ।  यसपाली पनि परिक्षा केन्द्रभित्र विद्यार्थीको परिक्षा निरीक्षण गर्न बसेका निरीक्षकले गम्भीर लापरवाही गरेका छन् । 

सुन्दा सामान्य लाग्न सक्छ , निरीक्षकले प्रवेशपत्रको पछाडी हस्ताक्षर गर्न बिर्सेका छन् । तर आइक्यानको परिक्षा सम्बन्धी नीति नियम हेर्ने हो भने यो गम्भीर गल्ती हो, जसका कारण विद्यार्थीलाई आइक्यानले उत्तर पुस्तिका नै नबुझाएको आरोप समेत लगाउन सक्छ ।  भोलि केहि गरी विद्यार्थीको उत्तरपुस्तिका दायाँ बायाँ भयो भने विद्यार्थीको हाजीरी र प्रवेश पत्रमा निरीक्षकको हस्ताक्षरलाई आधार बनाउने हो भने यसमा आइक्यानले कुनै पनि दावी गर्न सक्छ ।

प्रवेश पत्रमा निरीक्षकको हस्ताक्षर छैन भन्नुको ठाडो अर्थ नीज 'विद्यार्थीले परिक्षा त दियो तर उत्तरपुस्तिका आफैंले लग्यो' भन्ने अर्थ आउँछ । परिक्षा दिएको विद्यार्थीलाई यस्तो गम्भीर प्रकृतिको आरोपको सिकार बनाउन सक्ने गरी निरीक्षकले विद्यार्थीको उत्तर पुस्तिकामा हस्ताक्षर गर्न बिर्सेका / वा जानीजानी छुटाएका छन्। 

निरीक्षकको नाम : विजय गौतम 
परिक्षा हल : कोठा नम्बर ५००१
परिक्षा मिति : २०१५ डिसेम्बर १ तारिख 
परिक्षा समय : विहान १०  बजे देखि दिउँसो १ बजे सम्म 
काम : निरीक्षकको लापरवाही 

विद्यार्थी एक घण्टा बित्ने बित्तिकै परिक्षा छोडेर निस्केका पनि होइनन् ।  न त अन्तिमसम्म बसेर भीडमा उत्तर पुस्तिका बुझाएका नै हुन्।  उनी त करिव दुइ घण्टाको समय वरिपरी आफ्नो उत्तर पुस्तिका बुझाएर बाहिर निस्केका थिए ।  त्यसैले पनि यो आइक्यानको परिक्षामा रहेका निरीक्षकको चरम लापरवाही हो।

विद्यार्थीलाई 'डिस्टर्व' नै हुने गरी फोनमा कुरा
एकाउन्ट बिषयको परिक्षा ।  कहाँ नेर गएर हिसाव नमिलेर तनाव भएको बेला निरीक्षकले फोनमा कुरा गर्दा झन् तनाव थपियो उक्त दिन परिक्षा हलमा  । विद्यार्थीलाई डिस्टर्व नै हुने गरी  फोनमा कुरा गर्ने ती निरीक्षक बिजय गौतम नै थिए वा अरु कुनै निरीक्षक थिए भन्ने एकिन नभए पनि निरीक्षकले गरेको त्यस्तो क्रियाकलाप पनि नियम विपरित हो।

कारवाही गर : आइक्यानको परिक्षा हल भित्र सीसीटिभी जडान गरिएको छ ।  ती निरीक्षक को थिए भन्ने सजिलै पत्ता लगाउन सकिन्छ ।  उनले कोसँग  के कामका लागि कति समय फोनमा कुरा गरे भन्ने पनि उनको कल लग हेरेर सजिलै पत्ता लगाउन सकिन्छ ।  त्यसैले विद्यार्थीलाई अनुशासनको पाठ सिकाउने आइक्यानले आफुले खाटाएका स्रोतहरुलाई पनि गलत काम गरेको खण्डमा कारवाही गर्न सक्नुपर्छ । यद्यपी हालको नेतृत्वबाट यो आश भने गरिएको छैन। 


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses