
यो देशमा आजको मितिमा जतिपनिराजनेताहरु छन् जसलेदेशमा राजनीति गर्दैछन् उनीहरुमासिर्फ राज गर्ने क्षमता होला तरराजनीति गर्ने क्षमता भएकानेता देशकोइतिहासदेखि हालसम्मबिरलै देख्न पाइएकोछ।अतः हालको परिवेशमाजुन परिस्थिति देशले बेहोर्नुपरेको छयसको मूल कारणदेशको शासनवर्गमा रहेकोनीतिको कमी हो भन्दा कुनैअतीयुक्ति नहोला अथवा भनौंहालको छिमेकिसंँगको सम्बन्ध बिग्रिनुमादेशको कुटनीतिकनियोगको कमजोरीमान्न सकिन्छ ।
जहाँसम्म देशकोआर्थिक उन्नतिको कुराआउँछ, छिमेकिहरुसंगको सम्बन्ध जबसम्म राजनीतिक रकुटनीतिक तवरबाट सुमधुर रहँदैनतबसम्म देशको बैदेशिक व्यापारसमानन्तर हिसाबले अगाडीबढ्न सक्दैन। तरजब कुरा आउँछदेशको आत्मनिर्भरताकोतब छिमेकिहरु संगको समानन्तर सम्बन्धसंगसंगै देश भित्रका प्राकृतिक श्रोतर साधनकोसहि सदुपयोग अपरिहार्यछ जसमाथि छिमेकिहरु बर्षौदेखिगिद्धे नजर लगाइरहेको छर हालकोनाकाबन्दीको एउटाजड यो पनिरहेको बुझ्न सकिन्छ ।
जसरि एक जीवनको विकाशकोलागि H2O अपरिहार्य छ त्यस्तैनेपालको आर्थिक विकाश र आत्मानिर्भरतासंग जोडिएको छH2A ।
H2A नेपालको विकाशको मुलभूत सुत्रहो:
H- (Hydroelectricity) जलबिद्धुत
H- (Hospitality) पर्यटन
A- (Agriculture) कृषि
नेपालको परनिर्भरतालाईपर लैजानको लागिहामी नेपालीलेयी तिन व्यवसायको सहायता लिनुजरुरी छ। यसमाकेहि पहल नेपालसरकारको तर्फबाट हुनुपर्छ भनेधेरै पहल हामीनेपाली जनताबाटनै हुनुपर्छ। हामीहाम्रो हातमाजब स्नातक तहको प्रमाणपत्र पर्छतब खेति किसानीगर्न हिच्किचाउछौँ, घरअगाडीको खेतबाँझो होला तरहामी स्वाभिमानी नेपालीत्यो खेतमाकेहि उब्जाउन हिच्किचाउछौँ, तर लाखौं रुपैयाँदलाललाई बुझाएर खाडीमामजदुरी गर्न जाँदाहाम्रो स्वाभिमानी सिर झुक्दैन। हाम्रा केहि शिक्षितसाथीहरु अमेरिका, युरोपमाबसेर सामाजिक संजालमाराष्ट्रभक्ति झल्काउँछौँ अनि सबेरैउठेर अमेरिकी सरकारको गुलामी गर्नपछि हट्दैनन्। अनिकति मित्रहरु अमेरिकायूरोपमा विलासी जीवन बिताउदा बिताउदैखुलेआम नेपाली हुँ भन्नसर्माउँछन्, तब हाम्रोमगजको कुनैकुनामा विचारआउँदैन देशलाई यो स्थानसम्म धकेल्नुमाकहिँ कतै हाम्रोपनि कमजोरी तहोइन? हामी जस्तासक्षम युवा विदेशीभुमिमा विदेशी सरकारकोगुलामी गरिरहँदा नेपाल सरकारलाईरेमिट्यान्स त मिलिरहेकोहोला तर देशलाईजति गर्न सक्छौंत्यो पक्कै मिलेकोछैन।
देशको बिकराल राजनीतिकपरिवेश अनि छिमेकिमुलुकहरुले पटक पटकधोका दिएको अवस्थामाअब हामीले सोच्नेसमय आएको छ। यो देशको लागि 'हामीले नगरे कसलेगर्ने अनि अहिलेनगरे कहिलेगर्ने'। नेपाल हामी नेपालीहरुकालागि एउटा सुनको चरी हो, यस भूमिबाट हामीलेधेरै कुरा पाउनसक्छौं । प्रकृतिले हामीलाई धेरैसुन्दर उपहारहरु दिएको छ, यसको सहि उपयोगगर्न सकियो भनेपर्यटन व्यवसाय नै देशकोप्रमुख आय श्रोतबन्न सक्छ। त्यस्तैहामीसंग पर्याप्तजग्गा जमिन छजसको सहि सदुपयोगगर्ने हो रकृषि क्षेत्रलाई आधुनिकिकरणगर्ने हो भनेहामी आत्मनिर्भर मात्रहोइन, कृषि जन्यबस्तुहरुको निर्यात समेत गर्न सक्छौं। जलश्रोतको दोश्रोधनि देशकोरुपमा चिनिने हामी, सुन्दा पत्यार नलाग्नसक्छ कि आजको मितिमाहामी पानि समेत आयात गरेर पिउछौँ, जबकि हामीसंगसम्पूर्ण देश झलमलपारेर पनि निर्यातगर्न पुग्ने जलबिधुतको खानी छ।
तसर्थ हामी नेपालीप्राकृतिक श्रोत र साधनलेधनि छौँ, कलासंस्कृति अनि विविधताको धनि छौँ, तर गरिब छौँत केवल खुलासोचको, सकारात्मकसोचको। जुनदिन हामी एकअर्काको खुट्टातान्न छोडेर आफुआफ्नो काम गर्छौ, जुन दिन हामीढोंगी राष्ट्रबाद छोडेरबाँझो खेतमासुन फलाउन थाल्छौं, त्यो दिन हामीलाईकसैले नाकाबन्दी लगाउनसक्दैन अनि नेपाललाईअगाडी बढ्न कसैलेरोक्न सक्दैन। तबहाम्रो H2A सुत्र विश्वलेपछ्याउने छ।
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...
0 comments
Write Down Your Responses