आइक्यानले तोकेको न्युनतम लेखापरीक्षण शुल्क लागु गर्न आफ्ना सदश्यहरुलाई एक्यानको निर्देशन
Powered by Blogger.
आइक्यानले तोकेको न्युनतम लेखापरीक्षण शुल्क लागु गर्न आफ्ना सदश्यहरुलाई एक्यानको निर्देशन


नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) ले आज एक सार्वजनिक सुचाना जारी गर्दै आफ्ना सदश्यहरुलाई आइक्यानले पछिल्लो समय तोकेको न्युनतम पारिश्रमिक सम्बन्धि नियमलाई पालना गर्नु भनी आदेश दिएको छ । एक्यानले प्रकाशित गरेको सुचना यस प्रकार छ :

यस्तो लेखिएको छ सुचनामा :
नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ दारा मिति २०७२ पुष२४ गते आयोजित पेशागत प्रमाणपत्र प्राप्त चार्टर्ड एकाउण्टेण्ट सदस्यहरुको भेलामा न्यूनतम लेखापरीक्षण शुल्क सम्बन्धमा वृहत अन्तरक्रिया भई आगामी दिनमा निम्नबमोजिम अगाडी बढ्ने गरी सदस्यहरुबिच सहमति भएकोले सम्पूर्ण सदस्यहरुको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।

यस संघका सम्पूर्ण सदस्यहरुले यसै सूचनावमोजिम आफ्नोकर्तव्य तथा दायित्ववोध गरी काम कारवाही गर्नुहुन अनुरोध गरिन्छ ।
१.नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था दारा जारी गरीएको संस्थाका सदस्यहरुले विभिन्न निकायको लेखापरीक्षण गर्दा लिईने न्यूनतम लेखापरीक्षण शुल्क सम्बन्धि ब्यवस्था इमान्दारीताका साथ पूर्ण रुपमा पालना गर्ने ।
२.२०७२ श्रावण १ गते देखि लिइने कुनै पनि नियुक्त्तिमा सो ब्यवस्थाभन्दा कममा कुनै पनि प्रस्ताव पेश नगर्ने / नियुक्त्ति नलिने ।
३. कुनै पनि सदस्यहरुले सोभन्दा कममा नियुक्त्ति लिएको तथा अण्डरकटिङ्ग गरेको भएमा सो कुरा जानकारी हुने वित्तिकै प्रत्यक्ष वा अप्रत्यक्ष रुपले यस संघलाई जानकारी गराउने ।
४. कम रकममा नियुक्त्ति लिने तथा अण्डरकटिङ्ग गर्ने सदस्यतथा चार्टर्ड एकाउण्टेण्टहरुको नामावली संघले संकलन गरी नियुक्त्तिफिर्ता गर्न त्यस्ता सदस्यतथा चार्टर्ड एकाउण्टेण्टहरुलाई पत्राचार गर्ने ।
५. संघको अनुरोधलाई अटेर गर्ने सदस्यहरु तथा चार्टर्ड एकाउण्टेण्टहरुको विवरण सार्वजनिक गरी निजहरुलाई निलम्बनतथा संघको सदस्यताबाट समेत निष्काशन गर्ने । साथै निजहरु उपर थप आवश्यक कारवाहीको लागी नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्थामा समेत संघको तर्फबाट उजुरी गर्ने ।
तसर्थ कुनै भ्रम तथा दिविधामा नपरी उच्च नैतिकस्तर कायम राखी सामूहिक व्यावसायिक हितमा काम गर्न सम्पूर्ण सदस्यतथा चार्टर्ड एकाउण्टेण्टहरुलाई यसै सूचनादारा अनुरोध गरीन्छ । समग्र पेशागतहितको संरक्षणको लागी संघ सदैव प्रतिवद्ध छ ।

के भन्छन् एक्यान अध्यक्ष ? : सिए सरोकारसँग कुराकानी गर्दै एक्यान अध्यक्ष भरत रिजालले एक्यानका सदश्यहरुलाई आइक्यानले जारी गरेको नियम अनुसारनै काम गर्न एक्यानले सुचना प्रकाशित गरेको बताएका छन् ।  एक्यान अध्यक्ष रिजालले  सम्पूर्ण लेखा व्यवसायीहरुको हक हित का लागि ए क्यान ले यस्तो सुचना निकालेको बताएका छन्। ' अदालतको स्टे अर्डर पनि एक्याले नमान्ने ?' भन्ने सिए सरोकारको प्रश्नमा उनी भन्छन् 'हामी आइक्यानले तोके अनुसारको शुल्क लिन्छौं, कसैले नलिए हाम्रो तर्फबाट कारवाही गर्छौं, अदालतको स्टे अर्डर आइक्यानको नाममा हो ।'  


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...

0 comments

Write Down Your Responses