नेपालको सबैभन्दा पुरानो सिए इन्ष्टिच्युट सिएआइ २१औं बर्षमा प्रवेश
Powered by Blogger.
नेपालको सबैभन्दा पुरानो सिए इन्ष्टिच्युट सिएआइ २१औं बर्षमा प्रवेश

नेपालको सबैभन्दा जेठो सिए पढाउने संस्था सिएआइले आफ्नो स्थापनाकालको २०औं बर्ष पूरा गरेको छ । सन् १९९६ सालमा स्थापना भएको सीएआइले निरन्तररुपमा सिएका विभिन्न तहको अध्यापन गराउंदै आएको छ । सिएआइले नेपालमा पहिलो पटक सिएको पढाइ नेपालमा भित्र्याएको थियो । नेपाली लेखा व्यवसायको नियमनकारी निकाय आइक्यानको स्थापना पूर्वनै स्थापित सीएआइले आफ्नो सफलताको २० बर्ष पूरा गरेको हो । 

यो बीचमा सिएआइले सयौंको संख्यामा सिएहरु उत्पादन गरिसकेको छ भने नेपालका प्राय पूराना सीएहरु सीएआइकै उत्पादन हुन् । अहिले पनि नेपाली बजारमा रहेका सिएहरुमध्येको राम्रो संख्या सिएआइमा पढेकाहरु छन् । 

अध्यापन क्षेत्रमा पनि सीएआइले नेपाली सिए क्षेत्रका लागि निकैनै ठुलो योगदान दिएको छ । हाल काठमाडौँका विभिन सिए इन्ष्टिच्युट संचालकहरुको 'करियर प्लेटफर्म' बन्न सफल सीएआइले थुप्रै सिए इन्स्टिच्युट संचालक समेत उत्पादन गरेको छ । 

सुरुमा सिए एलपी भानु शर्मा सहितको समुहले स्थापना गरेको सीएआइ पछी हरि कुमार सिलवाल लगायतले नेतृत्व गर्दै हाल सिए बाल चन्द्र श्रेष्ठले नेतृत्व गरिरहेका छन् । 

२०औं बर्ष पार गरेको अवसरमा सिएआइलाइ हाम्रो पनि बधाई तथा शुभकामना।  


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...

0 comments

Write Down Your Responses