एकताको सन्देश दिदै लक्ष्मीनगरमा होली मनाइने
Powered by Blogger.
एकताको सन्देश दिदै लक्ष्मीनगरमा होली मनाइने


" सबै नेपाली विद्यार्थी एक तर होलीका रंग अनेक " भन्ने मूल नाराका साथ २४ मार्च २०१६ का दिन लक्ष्मीनगरको ललिता पार्कमा सीए नेपाली विद्यार्थी संघ, हातेमालो नेपाली विद्यार्थी समूह र नेपाली स्टूडेन्ट्स हेल्पिङ्ग ह्याण्डस्को संयुक्त आयोजनामा होली कार्यक्रम मनाइने तय भएको छ ।  साथै २३ मार्चमा " कबड्डी कबड्डी " सिनेमा समेत  देखाइने भएको छ ।

उक्त कार्यक्रमको सम्पूर्ण व्यवस्थापन  " हामी हाम्रो लागि " ले गर्नेछ । " हामी हाम्रो लागि " ले बिगत केहि समयदेखि लक्ष्मीनगरमा विभिन्न कार्यक्रमहरुको ब्यबस्थापन गर्दै आएको छ । दिउँसो १२ बजे देखि ३ बजे सम्म ललितापार्क लक्ष्मीनगरमा होली मनाइने बताइएको छ।  होली मनाउन कै लागि सबै संस्था मिलेर विशेष टिसर्ट बनाएका  छन ।


( मोडल आमोद के.सी )

होली पर्वलाई अझ विशेष बनाउनका लागि सम्पूर्ण सीए विद्यार्थी संगठनहरु मिलेर टपर्स इन्स्टिच्युट १/५२ मा २३ मार्च २०१६ का दिन बेलुका ६ बजे बहु चर्चित सिनेमा  " कबड्डी कबड्डी " देखाइने भएको छ । टिसर्ट खरिद गर्दा प्रदान गरिने विशेष कुपन भएको खण्डमा उक्त सिनेमा रु २० मा हेर्ने सकिने अन्यथा रु ५० सहयोग रकमले  र त्यसबाट प्राप्त भएको रकम क्यान्सर पीड़ित रोगीहरुको हेरचाहमा संलग्न संस्था " जिन बन्धु " लाई सहयोगको रूपमा प्रदान गरिने बताइएको छ ।

कार्यक्रममा भारत भरिका विशेष अतिथि लगायत विद्यार्थीहरुको उपस्थिति रहने छ । यसका साथसाथै उक्त दिन मुस्ताङ  कार्निवल रेस्टोरेन्टमा  विभिन्न नेपाली  खानाका परिकारहरुको समेत मज्जा लिन सक्ने व्यवस्था " हामी हाम्रो लागि "ले गरेको छ  । 

यसरी विभिन्न सीए अध्यनरत विद्यार्थीहरुको संस्थाहरु एकै ठाउँमा आई कार्यक्रम गर्नाले प्रवाशमा रहेका सम्पूर्ण नेपालीहरुमा एकताको एउटा राम्रो सन्देश आयोजकको भनाइ  छ  ।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...

0 comments

Write Down Your Responses