आइक्यान र एनकासाको संयुक्त आयोजनामा समन्न हुन लागेको सिए विद्यार्थी सम्मेलनको तयारी भव्य रुपमा भइरहेको छ । मोफसलमा हुने लागेको यो पहिलो सिए विद्यार्थी सम्मेलन हो । विराटनगरस्थित मेरिल्याण्ड अप्लाइड सिए एकेडेमीको मुख्य प्रायोजनमा आयोजना हुन लागेको उक्त सम्मेलनमा बिराटनगरका प्रतिष्ठित अन्य संस्थाहरुले पनि सहयोग गरेका छन् ।उक्त कार्यक्रममा भाग लिन आइक्यानका विद्यार्थीले १००० रुपैयाँ र आइसीएआइका विद्यार्थीहरुले १६०० नेपाली रुपैयाँ बुझाउनुपर्नेछ । काठमाडौँबाट बिराटनगरसम्म जाने यातायातको व्यवस्था बहने आयोजकले नै मिलाईदिने एनकासाका अध्यक्ष अनील शर्माले सिए सरोकारलाई जानकारी दिए । उनले दर्ता शुल्क तिरेपछि अन्य सबै सुबिधा ब्यबस्थापन समुहले तिर्ने बताएका छन्। ' विद्यार्थीले दर्ता शुल्क तिर्ने हो। त्यसपछि यहाँबाट बिराटनगर जानेदेखि त्यहाँ बस्ने, खाने सबै ब्यबस्था आयोजकले मिलाइदिने उनको भनाइ छ ।
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...

0 comments
Write Down Your Responses