सम्बन्धन प्राप्त संस्थाकै प्रतिनिधिको गुनासो, 'आइक्यान सम्बन्धन दिन्छ, सुबिधा दिंदैन'
Powered by Blogger.
सम्बन्धन प्राप्त संस्थाकै प्रतिनिधिको गुनासो, 'आइक्यान सम्बन्धन दिन्छ, सुबिधा दिंदैन'

आइक्यानबाट सम्बन्धन प्राप्त संस्थाकै प्रतिनिधिले आइक्यानले सम्बन्धन दिने तर त्यस अनुसारको सुविधा नदिने गरेको आरोप लगाएका छन् । आइक्यानले आज सम्पन्न गरेको पत्रकार सम्मेलनमा बोल्दै आइक्यानबाट सम्बन्धन लिएका सिए इन्स्टिच्युटहरुका प्रतिनिधिले आइक्यानले सम्बन्धन दिने तर सुविशा नदिने गरेको बताएका छन् ।  

कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै आइक्यानबाट सम्बन्धन लिएको संस्था सीएआईका प्रतिनिधिले आइक्यानले सम्बन्धन दिएअनुसारको काम नगरेको बताएका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, 'सम्बन्धन दिइयो तर त्यो अनुसारको काम भएको छैन । यस्तो महत्वपूर्ण कार्यक्रममा आइक्यान अध्यक्षको उपस्थिति छैन ।'

यता आइक्यानबाट सम्बन्धन प्राप्त अर्को संस्था सीसीएमएका प्रतिनिधि दीपेश थपलियाले पनि यस्तो महत्वपूर्ण कार्यक्रममा आइक्यान अध्यक्ष नआउनु दुखद् भएको बताएका छन् । 'विद्यार्थीको मामलामा केक साइज बढाउने काम गर्नुपर्थ्यो, जुन आइक्यानले गर्न सकेको छैन । ' सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने ।    

आफ्नो नाम उल्लेख नगर्ने सर्तमा अर्का एक सिए इन्स्टिच्युटका प्रतिनिधि भन्छन्, 'यस्तै हो भने आइक्यानको सम्बन्धन नवीकरण गर्नुपर्ने कुनै पनि कारण छैन । केहि इन्स्टिच्युटहरुले किन सम्बन्धन नवीकरण गर्दा रहेनछन् भन्ने कुरा बल्ल थाहा हुँदैछ ।'  


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...

0 comments

Write Down Your Responses