
चितवन मेडिकल कलेजको मुख्य प्रायोजन तथा ए-क्रेटिव मिडिया प्रालीको आयोजनामा 'सीएमसी क्विज मेनिया' नेपालको कान्तिपुर टेलिभिजन प्रसारित निकै नै लोकप्रिय कार्यक्रम हो। नेपाली सिनेमाका महा-नायक राजेश हमाल प्रस्तोता रहेका उक्त कार्यक्रमको लोकप्रियता सँगै उक्त कार्यक्रम नेपाल देखि दक्षिण एसियाका विभिन्न राष्ट्रहरुमा गर्ने हेतुका साथ अगाडी बढाइएको हो। त्यसै गरि नेपालको छिमेकी मुलुक भारतमा पनि उक्त कार्यक्रम हुदै छ।
तर मुख्य कार्यक्रम हुनु अगावै नयाँ दिल्लीमा धेरै समस्या आइपरेको छ। नयाँ दिल्लीको लक्ष्मीनगरमा भएको संस्थाहरु मध्य एक हातेमालो नेपाली विद्यार्थी समूहले कार्यक्रमको गलत तरिकाले प्रचार गरेर विद्यार्थीहरुमा भ्रम पैदा गरिरहेको लक्ष्मीनगर स्थित विभिन्न संघ-संस्था संग आबद्ध प्रतिनिधिहरु लगायत विद्यार्थीहरु बताउछन्। दिल्लीमा हुने कार्यक्रमको व्यवस्थापन शारदा विश्वविद्यालयले गरेको भएता पनि हातेमालोले स्वमं आफुले गरेको जसरी प्रचार गरेको जसको कारण विद्यार्थीहरुमा भ्रम पैदा भएको जिकिर गरेका छन्।
अरुले आयोजना गरेको कार्यक्रमलाई आफुले गरेको भनेर श्रेय लिन यस्ता खालको गतिविधिले सम्पूर्ण विद्यार्थी माँझमा नराम्रो असर पर्न जान्छ। हातेमालोले सामाजिक सञ्जालमा उक्त कार्यक्रमको प्रचार आफ्नो अनुकूल गरेको छ जसको कारणले सत्य सुचानामा प्रत्यक्ष असर परिरहेको सिए नेवि संघ भारतका सभापति गिरु न्यौपाने बताउछन्।
यता हेल्पिङ्ग ह्याण्डसका अध्यक्ष मदन बस्नेत पनि उक्त खालका क्रियाकलापले नेपाली विद्यार्थी समुदायमा नराम्रो असर पर्ने हुदा यस्ता खालका कार्यहरु विद्यार्थीका हक़-हितमा नहुने र सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई भ्रममा पार्ने खालको सुचनाहरु प्रकाशित नहुदा नै सम्पूर्ण विद्यार्थीको भलो हुने बताउछन्।
शारदा विश्वविद्यालयको सुचना:

हातेमालोले निकालेको पहिलो सुचना:

हातेमालोले निकालेको दोश्रो सुचना:

हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...

0 comments
Write Down Your Responses