नेपालका लागि एसीसीएको 'मार्केट हेड' मा रविन कटवाल नियुक्त
Powered by Blogger.
नेपालका लागि एसीसीएको 'मार्केट हेड' मा रविन कटवाल नियुक्त

एसीसीएले नेपालका लागि नयाँ 'मार्केट हेड'को रुपमा रविन कटवाललाई नियुक्त गरेको छ । एसीसीए नेपालले आफ्नो अफिसियल फेसबुक पेजमा रविन कटवाललाई मार्केट हेडको रुपमा नियुक्त गरेको औपचारिक जानकारी गराएको छ । 

एसीसीए क्षेत्रमा निकैनै चर्चित व्यक्तित्वका रुपमा रहेका रविन कटवाल विगत लामो समयदेखि नेपाली एसीसीए क्षेत्रमा काम गर्दै आएका छन् । लामो समयदेखि अध्यापन क्षेत्रमा क्रियाशील रहेका कटवालले बिगतमा नेश्नल कलेज अफ एकाउन्टेन्सीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत काम गरेका थिए । 

नेपालको एसीसीएका लागि बजार प्रमुख बनेका रविन कटवालसँग नेपाली एसीसीए क्षेत्रको खास अपेक्षा रहेको सरोकारवालाहरुको भनाइ छ । रविन कटवाललाई सिए सरोकारका तर्फबाट पनि हार्दिक शुभकामना !   


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, , ,

Loading...

0 comments

Write Down Your Responses