ऋषि राम अधिकारी
दिल्ली ब्यूरो, सीए सरोकार
'नेपलिज स्टुडेन्ट हेल्पिंङ ह्यान्ड्सले' आफ्नो तेश्रो बार्षिक उत्सव तथा साधारण सभा यहि जनवरी १५ तारिखका दिन राजाराम मोहन रोय मेमोरिअल ट्रस्ट, आइटिओमा दिनको २:०० देखि गर्ने भएको छ। साधारण सभासंगै विभिन्न संस्कृतिक कार्यक्रम पनि हुने र यसको लागि अहिलेदेखि नै तयारीका साथ अघि बढिरहेको संस्थाका सचिव सन्दीप पाण्डेले सीए सरोकारलाइ जानकारी दिएका छन्।
बिदुर राज अर्याल"मामा जी"का अनुसार संस्थाका प्रतिनिधिहरु खुल्ला मतदानको माध्यमबाट चुनिने छ।
यसका साथै संस्थाको उच्च ५ प्रतिनिधि हुनको लागि दिल्लीमा अध्ययन गर्दै आएका विद्यार्थी जसले न्यूनतम ६ महिना संस्थासँग आबद्ध रहेर विद्यार्थीहरुको हकहितका लागि काम गरेको हुनुपर्ने भएपनि मतदान गर्नको लागि र ५ उच्च प्रतिनिधि बाहेक अन्य सदस्य समितिका लागि दिल्लीमा बसेर अध्ययन गर्ने सम्पूर्ण बिध्यार्थीहरु मान्य हुने संस्थाका अध्यक्ष मदन बस्नेतले सीए सरोकारलाइ जानकारी गराए।

कार्यक्रममा आइसीएआइ, नेपाल दूताबासका प्रतिनिधिहरु, लगाएत अन्य संस्थाहरुबाट पनि अतिथिहरु रहनुहुने पनि जानकारी गरिएको छन्। साँस्कृतिक कार्यक्रम अन्तर्गत दिल्लीका विभिन्न ब्याण्डहरु लगायत अन्य नेपाली विद्यार्थीहरुको पनि प्रस्तुति रहने संस्थाका प्रतिनिधि विवेक सिजापतिले सीए सरोकारलाइ जानकारी गराएका छन्।
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...

0 comments
Write Down Your Responses