आइक्यानको बिधार्थी परिचयपत्रमा सबारी छुट पाउनै गार्हो
Powered by Blogger.
आइक्यानको बिधार्थी परिचयपत्रमा सबारी छुट पाउनै गार्हो

हाल क्याप टु पढ्दै गरेका एक बिधार्थी हल परिक्षाका लागि गत शनिबार तिनकुनेबाट गाडी  चढिन । आफु अध्ययन गर्ने कोचिङ  ईन्स्टिच्युटको परिचय पत्र भुलेकी तिनले आइक्यानको कार्ड देखाउदा उनलाई सबारी सहचालकले संस्थाको कार्ड हुँदैन भनेर सबारी छुट दिएनन । सिए सरोकारका सम्पादक सुरज प्याकुरेलसँग कुरा गर्दै उनले भनिन," कस्तो अचम्म!  म पढ्ने कोचिङ ईन्स्टिच्युटको कार्ड चाँही चल्ने रे अनी आइक्यानको चाँही नचल्ने रे!" उनी मात्र होइनन उनी जस्ता धेरै बिधार्थीहरुले आइक्यानको कार्ड देखाउदा सबारी छुट पाउदैनन । हाल नयाँ बानेश्वरको एक ईन्स्टिच्युटमा क्याप वान अध्ययन गरिरहेका अर्का बिधार्थी भन्छन, म त कि मेरो ईन्स्टिच्युट को कार्ड बोक्छु कि त एनसिसिको ! आइक्यानको कार्ड देखाउदा त उल्टो गाली खाइन्छ । कार्ड हेर्नै फुर्सद नहुने ठाउँ तिर चाँही वास्ता गर्दैनन, तर कार्ड हेरिहाल्यो भने चाँही छुट दिन अफ्ट्यारो मान्छ", उनले भने । यता नेपाल यातायात ब्यबसायी संघले भने बिधार्थी परिचय पत्रमा बिधा र्थी छुट दिएको दाबी गर्छ । सिए सरोकारसँग कुराकानी गर्दै नेपाल यातायात ब्यबसायी संघले बिधार्थीले पाउने छुटमा सम्झौता नगरिने र सक्कली बिधार्थी भएको हकमा छुट पाउनु बिधार्थीको अधिकार भएको जानकारी दिए । यध्यपी उनले एमबिबिएस तयारी कक्षा  पढाउने ईन्स्टिच्युटहरुको  कार्डलाई भने कतीपय  यातायात ब्यबसायीले छुट नदिने गरेको स्युकारेका छन ।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...

0 comments

Write Down Your Responses