यस्तो पनि देखियो आईक्यानमा
Powered by Blogger.
यस्तो पनि देखियो आईक्यानमा

आउदो डिसेम्बर परिक्षाका लागि  फर्म भर्ने अन्तिम मिति नजिकिदै गर्दा आइक्यानमा भीड  हुनु स्वोभाविक नै हो।  गत शुक्रबारको भीड  पनि उल्लेखनिय नै थियो  आइक्यानमा।   फर्म भर्न देखि जरिवाना शुल्क बुझाउनेहरु सम्मको उस्तै भिड।  न कर्मचारीलाई फुर्सद न बिधार्थीलाइ।  अनि फर्म भरिसकेका हरुको आइक्यान बाहिरको क्याफे गफ।  वातावरण अरु दिनहरुभन्दा केहि खास थियो।  यस्तै भिडमा आइक्यानको क्याफे नजिकै एक युवक झोक्राएर बसिरहेका थिए।  आइक्यानको भिड  वा पटक पटक दिनुपरेको परिक्षा भन्दा पनि चिन्ता संगै पढेको साथिले आइक्यानमा गरिरहेको क्रियाकलापको थियो।

प्रसङ्ग हो सुमन सिग्देल (उनकै अनुरोधमा नाम परिवर्तन ) को ! हाल क्याप टुको छैटौं एटेम्फ्ट दिइरहेको बताउने उनि भन्छन," मेरो साथि आएको छ आक्यानमा ! त्यो पनि मेम्बर्शिपको फर्म भर्न! " त्यहि भएर भित्र नागाको ! त्यो निस्किन्छ अनि म जान्छु !" कुरा बुझ्दै जाँदा उनको साथि भारतीय बोर्डबाट सिए भएर आइसकेका रहेछन।  ४. ५ बर्षमा लगातार पास हुँदै भारतीय बोर्डबाट सिए उतिर्ण गर्दै उनि यसपाली सिए सदाशयताको परिक्षाको फर्म भर्न आएका रहेछन।  नेपाली सिए बजारमा बिधार्थीका हैसियतले चिनिने नै अनुहार भएकाले पनि उनिलाइ निकै नै अफ्ठ्यारो लागेको रहेछ। " संगैको साथि सिए बनेर आइसक्यो, आफु चाहि क्याप टु मै ! तनाब भो यार !" उनि गफिदै थिए ! राम्रो पढ्ने केटा थियो होला नि त? सिए सरोकारका सम्बाददाताको प्रश्न भुइँमा झर्न नपाउदै उनि थप्छन ,"म पनि त नपढ्ने केटा होइन नि !  एक ग्रुप पास गरेर बसेको छु क्यार ! आफ्नो भारतीय बोर्ड पढेको साथीले पनि आइपीसीसीमा पहिला एक ग्रुप मात्र कटाएर पछि भारतमा डमी गरी  नेपाल आएर एक फर्ममा काम गर्दै दोश्रो ग्रुप कटाएको र फाइनल भने एकै पटक मा कटाएको  सुनाउदै थिए।

उनि त एक प्रतिनिधि पात्र मात्र हुन्।  यस्ता थुप्रै घटानाहरु आइक्यानमा नौला छैनन्।  अझ क्याप थ्री अध्ययन गर्नेहरुसंग यस्ता भोगाइहरु धेरै रहेको क्याप थ्री मा अध्ययन गर्ने बिधार्थीहरु बताउँछन् ।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...

0 comments

Write Down Your Responses