एन्फाको अडिट रिपोर्टप्रति फिफा असन्तुष्ट
Powered by Blogger.
एन्फाको अडिट रिपोर्टप्रति फिफा असन्तुष्ट

फुटबलको अन्तर्राष्ट्रिय निकाय (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)को अडिट रिपोर्ट सन्तोषजनक नरहेको जनाएको छ । रोयटर्सले सोमबार सार्वजनिक गरेको रिपोर्टअनुसार एन्फाको सन् २०१२ को अडिट रिपोर्टलाई फिफाले ‘चित्त नबुझ्दो र असुहाउँदो’ भनेको छ । फिफाले अन्तर्राष्ट्रिय अडिट ‘फर्म’ केपिएमजीबाट एन्फाको अडिट गराएको थियो । जसमा आर्थिक अपचलन भएको देखिएको फिफाले जनाएको छ । केपिएमजीको रिपोर्टअनुसार फिफाको अनुशासन कमिटीले एन्फालाई अनुसन्धानको घेरामा राखेको पनि समाचारमा उल्लेख छ । ‘फिफाले एन्फाको सन् २०१२ को अडिट केपिएमजीमा गराएको थियो, त्यसैले एन्फाको अनियमितताबारे हामी जानकार छौँ,’ फिफा अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ, ‘केपिएमजीले यो रिपोर्ट हामीलाई पनि पठाएको थियो, सोही आधारमा एन्फालाई अनुसन्धानको घेरामा राखिएको हो ।’ आजको नयाँ पत्रिकामा खबर छ ।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses