सिएहरुको घरमा देउसी खेल्दै नेपाली सिए बिधार्थी
Powered by Blogger.
सिएहरुको घरमा देउसी खेल्दै नेपाली सिए बिधार्थी

तपाइको घरमा लक्ष्मीले सधै बास गर्ने आस गरी 
अर्को साल आउला उल्लाश बोकी सिए नि पास गरी 
बिधार्थी संगै नृत्य गर्दै रिजालपत्नी राधा जोशी

आउदो डिसेम्बरको परिक्षाका लागि तयारि गरिरहेका नेपाली सिए बिधार्थी लक्ष्मी पूजाको दिन भने पढाईको तनावलाइ छेउ लगाउदै देउसी भैलोमा ब्यस्त थिए। साझ झन्डै ४ बजे एक्यान अध्यक्ष भारत रिजालको घरबाट सुरु भएको देउसी भैलो कार्यक्रममा बिधार्थीहरुको उल्लाश भने बेग्लै थियो।  एनकासाका पूर्वअध्यक्षको भट्याईमा जुन रमाइलो थियो, त्यस्तै रमाइलो थियो गीत गाउनेको सुर देखि आसिषको मेलोसम्म।  अझ हाल क्याप टु अध्ययन गरिरहेकी बर्षा बरालको नृत्य त झनै मनमोहक देखिन्थ्यो। त्यसमाथि पनि बर्षालाइ साथ दिदै रिजाल पत्नी राधा जोशी बिधार्थीसंगै नाचेको दृश्य त झनै रमाइलो थियो।  अरु सामान्य देउसी भैलो भन्दा फरक देउसी भैलोमा उनीहरुले पढाइ देखि संस्कृतिसम्मका कुराहरु जोडेका थिए।  कार्यक्रममा एनाकासाका अध्यक्ष मनोज पौडेलको समेत उपस्थिति थियो। यस्तै देउसी भैलो कार्यक्रम बेलुकासम्म चलेको थियो।  सरकारले राति ९ बजे भन्दा उता देउसी भैलो नखेल्नउर्दी जारि गरेकाले बिधार्थीहरु समयमै आ-आफ्नो घरमा फर्किएका थिए।  उनिहरुले आइक्यानका काउन्सिल सदश्य अच्युत राज जोशीको घरमा समेत देउसी भैलो खेलेका थिए।  यसै क्रममा हल तिहार र भाइटिकाको दिन समेत विभिन्न सिएहरुको घरमा देउसी भैलो खेल्ने कार्यक्रम छ।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses