फर्मले इन्ड्रस्टृयल ट्रेनिङमा जान नदिएको बिधार्थीको गुनासो
Powered by Blogger.
फर्मले इन्ड्रस्टृयल ट्रेनिङमा जान नदिएको बिधार्थीको गुनासो

नेपाल चार्टड एकाउन्टेन्ट्स सन्स्था (आइक्यान) मा तेश्रो तह अध्यायन गरिरहेका एक बिधार्थीले आफुलाई आफ्नो फर्मले इन्ड्रस्टृयल ट्रेनिङमा जान नदिएको खुलासा गरेका छन । आफ्नो र फर्मको नाम उल्लेख नगरिदिन आग्रहा गर्दै उनले आफ्नो २ बर्षको आर्टिकल्शिप सकिएको भए पनि आफुलाई फर्मले ट्रेनिङमा जान नदिएको गुनासो  गरेका हुन । हालै मात्र एक बैंकले मागेको आबेदनका अनुसार आफु ट्रेनिङमा जान लाग्दा फर्मले रोक लगाएको उनको दाबी छ । थोरै पारिश्रमिकमा काम गर्ने जान्ने मान्छे नपाउने र पुष सम्म फर्ममा कामको चाप भएकोले फर्मले आफुलाई उक्त ट्रेनिङमा जान रोक लगाएको उनको दाबी थियो । यसै बिच आफ्नो फर्मले आफुलाई गरेको ज्यादति बिरुद्द आइक्यानमा कुरा गर्दा पनि आइक्यान बाट, "हामिले केहि गर्न मिल्दैन, प्रिन्सिपललाई आइक्यानले 'फोर्स' गर्न मिल्दैन " भन्ने जवाफ आएको उनको दाबी छ । नियम त: २ बर्षको आर्तिकल्शिप सकेको बिधार्थीले इन्ड्रस्टृयल ट्रेनिङमा जान पाउने ब्यबस्था छ ।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...

0 comments

Write Down Your Responses