INSTITUTE NEWS,
NEWS
»
सिए इन्स्टिच्युट भित्र चलेको एउटा गोप्य धन्दा, जहाँबाट लाखौं कमाउंछन् त्यहाँका कर्मचारीहरु
सिए इन्स्टिच्युट भित्र चलेको एउटा गोप्य धन्दा, जहाँबाट लाखौं कमाउंछन् त्यहाँका कर्मचारीहरु
 |
| तस्बिर : एजेन्सी |
तपाइँ सिएको बारेमा काठमान्डूको कुनै सिए इन्स्टिच्युट जानुभयो तर भोलिपल्ट तपाईलाई अर्कै सिए इन्स्टिच्युटबाट फोन आयो भने पनि अचम्म नमान्नुस, काठमान्डूका सिए इन्स्टिच्युटहरुमा बिगत केहि समयदेखि चलेको नयाँ धन्दा हो यो। पछिल्लो समयमा देशैभर उल्लेखनीय मात्रामा सिएको कोचिंग कक्षा संचलान गराउने सिए इन्स्टिच्युटहरु बढिरहेका बेलामा बजारमा निकै नै अस्वस्थ प्रतिस्पर्धा हुन थालेको छ। यसै अस्वस्थ प्रतिस्पर्धा चलिरहेको गुनासो आइरहेका बेला एउटा नयाँ खुलासा भएको छ। एउटा सिए इन्स्टिच्युटमा कार्यरत कर्मचारीहरुले कुनै अर्को सिए इन्स्टिच्युटसंग मिलेर बिधार्थीका मोबाइल नम्बर ट्रान्सफर गराई उक्त बिधार्थी भर्ना भएको खण्डमा त्यस बापत राम्रो कमिसन लिने गरेको खुलासा भएको छ। आफ्नो नाम नबताउने सर्तमा काठमान्डूको एक सिए इन्स्टिच्युटमा कार्यरत एक कर्मचारीले उनले काम गर्ने सिए इन्स्टिच्युटमा केहि अरु कर्मचारीहरु मिलेर यस खाले धन्दा गरिरहेको जानकारी सिए सरोकारलाइ गराएका छन्।
कसरि गरिन्छ यस खाले धन्दा ? : कुनै एक सिए इन्स्टिच्युटका बिसेषगरि मोबाइल नम्बर टिप्ने देखि काउन्सिललिंग हुने ठाउका कर्मचारीलाइ अर्को सिए इन्स्टिच्युटले कमिसन दिएका हुन्छन्। उनीहरुको काम भनेकै सिएबारे बुझ्न आएका बिधार्थीहरुका मोबाइल नम्बर अर्को सिए इन्स्टिच्युटलाइ दिने हो। त्यसपछी बार्गेनिंग हुने स्रोतको दाबि छ। बुझ्न गएको सिए इन्स्टिच्युट भन्दा कम पैसा लिएर बिधार्थी भर्ना गर्ने र त्यस बापत बिधार्थी भर्ना भएको सिए इन्स्टिच्युटबाट राम्रो रकम कमिसनका रुपमा प्राप्त हुने उनको भनाइ छ। उनले काम गरेको सिए इन्स्टिच्युटका २ जना मिलेर गत जुनको सिजनमा एक लाख भन्दा बढी रकम प्राप्त गरेको उनको दाबी छ।
प्रकाशित मिति : २०७१ साल कार्तिक १९ गते बुधबार
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
0 comments
Write Down Your Responses