आइक्यानको भवन कहिले सर्छ भन्ने प्रश्न जो कोहि आइक्यानका प्रतिनिधिहरुलाई वा कर्मचारीहरुलाई सोध्यो भने त्यसको चित्तबुझ्दो जवाफ उनिहरुसंग छैन। तर आइक्यानको भवन कति पटक उद्घाटन भयो भन्ने चाहि सबैलाइ थाहा छ। कहिँ नभएको जात्रा हाँडीगाउँमा भने जस्तै कहिँ पनि प्राय नहुने कुरा, एउटै भवनको दुइ-दुइ पटक उद्घाटन भैसक्दा पनि आइक्यान भवन तयार भएको छैन। सामान्यतया भवन निर्माण पूरा भैसकेपछी मात्र कुनै पनि भवनको उद्घाटन (एक पटक मात्र ) गर्ने गरिन्छ। तर त्यसको ठिक बिपरित आइक्यानमा काम नै नसकी भवन उद्घाटन भयो त्यो पनि दुइ पटक।
पहिलो उद्घाटन महेश गुरागाई बाट :
![]() |
| तस्बिर : सिए जनक बरालको फेसबुकबाट |
भवन निर्माणको काम नसकीदै महेश गुरागाईले तत्कालिन अवस्थामा अध्यक्षको हैसियतले आइक्यान भवनको उद्घाटन गरेका थिए। तत्कालिन समयमा आइक्यान काउन्सिलको बैठक बस्न भनी भवनको उद्घाटन भएको बुझिएको छ । महेश गुरागाईले उद्घाटन गरिसकेपछी भवनमा काउन्सिल बैठक पनि बसेको जानकारी सार्वजनिक भएको थियो। यध्यपी केहि आइक्यान प्रतिनिधिले भने काउन्सिल बैठक बस्नका लागि एउटा कोठाको मात्र उद्घाटन गरिएको बताएका थिए। कोठा एक पटक र घर एक पटक उद्घाटन गर्ने चलन संभवत: नेपालभर कतै पनि छैन।
दोश्रो उद्घाटन रास्ट्रपतिबाट :
![]() |
| तस्बिर : आइक्यानको वेब साइटबाट |
महेश गुरागाईले उद्घाटन गरिसकेको भवनलाइ पुन: रास्ट्रपति राम वरण यादवले उद्घाटन गर्नुभएको थियो । यध्यपी उक्त उद्घाटन दोश्रो पटक थियो भन्ने चाहिँ धेरैलाइ थाहा थिएन। उक्त पटकको उद्घाटनमा पनि विभिन्न खाले बिबादहरु निस्किएका थिए। आइक्यानले बिधार्थी तथा सदश्य हरुलाई सुइँको समेत नदिएर भवनको उद्घाटन गरिएको भन्दै त्यसको सामाजिक संजालमा तिब्र आलोचना भएको थियो भने भवनमा आर्थिक सहयोग गर्नेहरुलाई सम्मान लिन बोलाएर सम्मान नै नगरी रित्तो हात फर्काएको बिषयले पनि बजार तताएको थियो।
प्रकाशित मिति :२०७१ साल कार्तिक १९ गते बुधबार
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...




0 comments
Write Down Your Responses