गत शनिबार गएकोभूकम्पका कारण भएको ठुलो क्षति लाई केहि हदसम्म भए पनि सहयोग गर्न आईक्यानले भूकम्प पिडितका लागि सहयोग संकलनार्थ "आईक्यान अर्थकोएक रिलिफ फन्ड" नामक राहत कोषको स्थापना गरेको हो। यस राहत कोषमा आईक्यान ले रू १० लाख आफ्नो तर्फबाट सहयोग राशि जम्मा गैसकेको छ भने आईसीएआईले सहयोग गर्ने औपचारिक जानकारी दिईसकेको छ।यसै विच आईक्यानले यस विपदको घडीमा सक्दो सहयोग गण सबैलाई आग्राह गरेको छ। आईक्यानले आफ्ना सदश्य , बिधार्थी , लगायत अन्य सरोकारवालाहरुलाई पनि सहयोगको अपिल गरेको आईक्यानका उपाध्यक्ष प्रकाश लम्शालले सिए सरोकारलाई बताउनु भयो। आईक्यानको राहत कोषमा अन्य देशका सिए इन्स्टिच्युटहरुले पनि सहयोग गर्ने बुझिएको छ भने साफा, कापा लगायतका संस्थासंग पनि सहयोगका लागि अनुरोध गरिएको उपाध्यक्ष लम्शालले सिए सरोकारलाई जानकारी दिनु भएको छ। आईक्यानले स्थापना गरेको राहत कोषमा रकम जम्मा गर्न नेपाल बंगलादेश बैंकको खाता नम्बर ००५१८९९५१ C मा रकम जम्मा गर्न सकिनेछ।
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...


0 comments
Write Down Your Responses