साउन ७, काठमाडौँ ।
अर्थमन्त्री डा. रामशरण महतले लेखापरीक्षण व्यवसाय विकासका लागि आइक्यानले पेशागत आचारसंहिता पालना तथा अनुशासन कायम गराउनु पर्नेमा जोड दिएका छन् ।
गत आर्थिक वर्षमा लेखापरीक्षणको उत्कृष्ट वित्तीय प्रतिवेदन तयार पारेका संस्थालाई पुरस्कार प्रदान गर्न तथा नव नियुक्त पार्षदहरुको सपथ ग्रहणका लागि बुधवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने ‘लेखापरीक्षण व्यवसायलाई विश्वसनीय, पारदर्शि एवम् जवाफदेही बनाउन नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाले नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्छ ।’
वित्तीय व्यवस्थापन तथा अन्तर्राष्ट्रियस्तरको लेखापरीक्षण प्रणाली अवलम्बन गर्नु अपरिहार्य भएको उनको भनाइ छ । ‘कुनै पनि व्यापारिक÷व्यावसायिक÷औद्योगिक प्रतिष्ठानको वास्तविक आर्थिक अवस्था चित्रण गर्ने लेखापरीक्षण प्रतिवेदन तयार गर्दा सम्बद्ध व्यक्तिहरू इमानदार हुनैपर्छ’ उनले थपे ।
कार्यक्रममा विभिन्न कम्पनी तथा सङ्घ संस्थाहरुले तयार पारेको वित्तीय प्रतिवेदनको उत्कृष्टताका आधारमा ‘उत्कृष्ट वित्तीय प्रतिवेदन’ (बिपीए) अवार्ड प्रदान गरिएको थियो । जसमा सार्वजनिक ÷निजी बैङ्कमध्येबाट उत्कृष्ट प्रतिवेदन तयार पारेका नबिल बैङक, स्टयार्डड चार्टड बैङ्कले उक्त पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै विकास बैङक र वित्तीय कम्पनीबाट कैलाश विकास बैङ्क, नारायणी नेस्नल फाइनान्स लि. र बीमातर्फबाट एनएलजी इन्स्योरेन्स कम्पनी सो पुरस्कारबाट सम्मानित भएका छन् ।

त्यसैगरी, सार्वजनिक क्षेत्रबाट कर्मचारी सञ्चय कोषले सो पुरस्कार हात पार्न सफल भएको छ । जनरल क्षेत्रबाट भने नेपाल दूरसञ्चार र वुटवल पावर कम्पनी लिमिटेडलाई उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार प्रदान गरिएको थियो । अवार्ड दक्षिण एसियाली लेखा व्यावसायी महासङ्घ (साफा) को मापदण्ड अनुसार छनोट गरिएको आइक्यानले जानकारी दिएको छ । उक्त उत्कृष्ट घोषित प्रतिवेदनलाई साफाको स्तरीय प्रतिसपर्धामा समेत समावेश गराइने छ ।
कार्यक्रममा संस्थाका निर्विरोध नव निर्वाचित अध्यक्ष र उपाध्यक्ष क्रमशः प्रकाश लम्साल र महेश खनाल तथा सातौँ परिषद्का निर्वाचित पार्षदलाई महालेखापरीक्षक भानुप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ गराएका थिए ।
महालेखापरीक्षक आचार्यले लेखा आर्थिक सुशासन कायम गर्न लेखापरीक्षकको भूमिका महत्वपूर्ण हुने भएकाले लेखापरीक्षकहरू कर्तव्यबाट बिमुख हुन नहुने बताए । उनले चार्टर्ड एकाउन्टेन्टस् संस्थाको संस्थागत सुदृढीकरणमा महालेखापरीक्षकको कार्यालयले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा संस्थाको अध्यक्षबाट बुधवारै निवृत्त भएका नरेन्द्र भट्टराईले आफ्नो कार्यकालमा भएका कामको विवरण प्रस्तुत गरेका थिए । यसैगरी, नवनिर्वाचित अध्यक्ष लम्सालले संस्थाका भावी योजनाका बारेमा जानकरी दिएका थिए । -अभियान दैनिकबाट

हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...
0 comments
Write Down Your Responses