
आईक्यानले नेपाली लेखा व्यवासायका बिविध मुद्धाहरुबारे एक विशेष कार्यक्रम गरिरहेको छ। होटल सोल्टीमा आयोजना भईरहेको उक्त कार्यक्रममा विभिन्न सिए तथा आरएहरु सहभागी भएका छन् भने विभिन्न बक्ताहरुले आ-आफ्नो प्रस्तुती राख्ने कार्यक्रम छ। यस कार्यक्रम दिनभर चल्नेछ भने सोहि ठाउँमा बेलुका सपथ कार्यक्रम छ।

सपथ कार्यक्रमपछि औपचारिक रुपमा नव निर्वाचित अध्यक्षले आफ्नो पदभार ग्रहण गर्नेछन्। एक दैनिक पत्रिकामा प्रकाश लम्शालको अन्तर्वार्ताका क्रममा बुधबार देखि नै प्रकाश लम्शालले अध्यक्षको पदभार ग्रहण गरेको समाचार आए पनि प्रकाश लम्शालले औपचारिक रुपमा पदभार भने भोलिबाट मात्र सम्हाल्ने छन्। एक व्यक्ति एक पेसा सरेसंगै प्रकाश लम्शालको अवको कार्यकालबारे विभिन्न अड्कलहरु भैरहेका छन्। तश्वीर: मोहन सुबेदीको फेसबुकबाट
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...
0 comments
Write Down Your Responses