हुम्ला सिमिकोटका गमान रोकाया पढ्न र ट्रेकिङ व्यवसाय गर्न एक वर्षअघि काठमाडौं आए । रोकायासँगै हुम्लाबाटै एक किशोरी पढ्नका लागि काठमाडौं आइन् । चार्टड एकाउन्टेसी (सिए) पढिरहेका रोकाया र ती किशोरीबीच प्रेमसम्बन्ध थियो ।
उनीहरु एक वर्षसम्म कलंकीमा लिभिङ टुगेदरका रुपमा सँगै बसे । रोकायाले ती किशोरीलाई थाहै नदिई आफूहरुबीच भएको यौनसम्पर्कको भिडियो मोबाइलमा खिचे । ती किशोरीले आफ्नो फेसबुकको पासवर्ड पनि रोकायालाई दिएकी थिइन् ।
तर, रोकाया विवाहित भएको थाहा पाएपछि उनी र ती किशोरबीच खटपट सुरु भयो । रोकायाले आफूलाई ढाँटेर विवाह गर्ने आश्वासन दिएर शारीरिक सम्पर्क गरेको भन्दै ती किशोरीले प्रहरीमा उजुरी दिने निधो गरिन् । आफू र किशोरीबीचको ‘सेक्स भिडियो’ मोबाइलमा खिचिसकेका रोकायाले फेसबुकमा उक्त भिडियो राखिदिने धम्की दिन थाले ।
पछि रोकायाले किशोरीकै फेसबुक वालमा अश्लिल भिडियो अपलोड गरिदिए । अश्लिल भिडियो फेसबुकमा देखेपछि ती किशोरीलाई आफन्त र साथीहरुबाट लगातार फोन आउन थाल्यो । अश्लिल भिडियो फेसबुकमा राखिदिएपछि किशोरीले रोकायाविरुद्व महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा उजुरी दिइन् । महाशाखाले हुम्ला सिमिकोट पुगेर रोकायालाई पक्राउ गरी काठमाडौं ल्यायो । उजुरीअनुसार रोकायाले पटक–पटक यौन सम्बन्धका लागि धम्की दिँदै आएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...
0 comments
Write Down Your Responses