एउटा यात्रा संस्मरण ...! (भाग-१) सिए विद्यार्थी ऋषि राम अधिकारीको लेख
Powered by Blogger.
एउटा यात्रा संस्मरण ...! (भाग-१) सिए विद्यार्थी ऋषि राम अधिकारीको लेख


२ बजेको थियो एक्कासी टेलिफोनमा घन्टी बज्यो । ट्रिङ्-ट्रिङ्, ट्रिङ् 'त तुरुन्तै गाउँ आइज, अहिले नै' । यति मात्र सुनियो र म हस्याङ् फस्याङ् गर्दै टिकट काउण्टर तिर लागें । मानिसको मन न हो, हरेक किसिको तर्कनाहरु उर्लिन थालें। एउटा मात्र प्रश्न मनमा उब्जिरह्यो कि किन चांडो गाउँ फर्कन भनियो ।म शङ्काको भुमरीमा खेल्न थालें । न त्यो बोल्ने मानिसलाई चिनें न बोलाउनुको आसय नै ।काउण्टर पुग्नासाथ आवाज आफैं फुस्कियो ‘दाई लालबन्दीको टिकेट दिनुस् न।‘ उत्तर आयो, 'भाई अहिले त बस छुट्दैन, ५ बजेतिर छुट्छ ।' मैले रु ५०० तिरेर टिकेट लिएँ र गाडीको प्रतिक्षामा बसें ।

कता कता एउटा युवकले गहकिलो आवाजमा आफ्नो मनमा रहेको भावनाहरु पोख्दै गरेको सुनेँ ।नियाल्दै जाँदा काउण्टर बाहिर बेन्चमा बसेर दुई चार जनाको अगाडि आफ्नो कुरा राख्दै थियो । उसको कर्णप्रिय र कोमल बोल्ने शैलिले एउटा दृढ व्यक्ति थियो भन्ने मलाई भान भयो। मलाई लाग्यो कि ऊ एक पढेलेखेको विध्वान व्यक्ति तर ऊ त त्यही काउन्टरको एउटा 'स्टाफ' पो रहेछ। मलाई अचम्म लाग्यो । जस्तो एउटा बिध्वान व्यक्ति एउटा सभामा आफ्नो जीवनको अनुभव र मानिसको चरित्रको विश्लेषण गर्छ, त्यस्तै त्यो युवक पनि सोही गर्दैथ्यो।

जबसम्म जिन्दगीमा दु:ख आउँदैन तबसम्म मानिसलाई जीवनको सार्विक अर्थ थाहा हुँदैन, ऊ भन्दैथ्यो। मनिसको जीवन अभिरल बगिरहने खोला सरि हो जस्मा सुख र दु:ख मिश्रित हुन्छ। सुखमा मयुरले प्वाख फिझाए झै र दु:खमा उदासिए बादलले ढाकिएको झै स्वभाव देखाउने मानिसको बानी हुँ। मानिसलाई राम्रै राम्रो कुराको ज्ञान भएर मात्र ऊ सफल वा असल हुन सक्दैन। राम्रोको साथसाथै नराम्रा कुराको पनि ज्ञान अती नै आवश्यक पर्दछ। ऊ फेरी भन्न थाल्यो नराम्रो कुराको ज्ञान हुनुपर्छ भन्दैमा त्यसको सिको गर्ने चाँही भनेको हैन मैले । उसको कुरामा मलाई चाख लाग्न थाल्यो।

फेरी राजनीतिक कुरा पनि गर्न थाल्यो। राजकिए शासनको अन्त्य र सङिय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न नेपाली जनता नै जागरुक भएका थिए र अबका थप युगान्तकारी परिवर्तनको लागि पनि हामी पछी हट्ने छैनौँ। जातिय, संघिय र क्षेत्रीय लगायतका कुराहरुले नेपालमा अहिले जुन किसिमको अवस्था सृजना भएको छ, त्यसले निस्चए नै न त नेपाली जनतालाई राम्रो हुन्छ नत नेपाल आमाको भविष्यलाई नै। हिजो झै लाग्छ भुकम्पले सारा नेपालीलाई रुवाएको तर आज हामी नै लाठी ढुङ्गा लिएर सडकमा छौ।

नेपाल आर्थिक हिसावले पनी भुकम्पले धेरैपछी धकेलिएका छौ तर हाम्रो विवेक कहाँ छ ?- उु भन्दै थियो।मित्रताको परिभाषा दिदै थियो, उसको आँखाबाट आसुँ रसाउन थाले ।कसैले पनि त्यस आसुँको कारण सोधेनन न मैले नै सोध्ने प्रयास गरेँ । फेरी आसुँ पुछ्दै भन्दै थियो- जबसम्म जटिल समय आउँदैन तबसम्म त्यो साथीको मित्रता कतिको बलियो छ भनेर हामी थाहा पाउन सक्दैनौ ।

मानिसको दिमाग सन्चालन धेरै प्रकारले हुन्छ तर आफ्नो-आफ्नो शैलीमा । एउटा औषधी पसलेलाई टाउको दुखेको औषधी माग्यो भने उस्ले भन्नासाथ राखेको ठाउँबाट ल्याउन सक्छ,किन भने उस्ले त्यसै अनुरुप औषधी राखेको हुन्छ र उस्को मस्तिस्कले त्यहाँ छ भनेर थाहा पाउछ । त्यही औषधी पसलेको सट्टामा हामी गयौ भने हेरेको हेरै हुन्छौँ । उु फेरी भन्छ- कुनै पनि मानिस सफल हुनुका पछाडि साह्रै ठुला-ठुला कारणहरु हुन्छन, जस्तै: साहस, धैर्य, दृढता, लगनशिलता, ईत्यादी।

मनोक्रान्तिको पनि उसलाई ज्ञान रहेछ। ऊ भन्दैथ्यो, मनोक्रान्तिलाई धेरै आयामबाट हेर्नु पर्दछ । सर्वप्रथम त मनोक्रान्ती भनेको नै जीवन र जगतलई हेर्ने दृष्टिकोण पूर्णतया परिवर्तन ल्याउनु हो । यसको आशय समस्यालाई समास्याको रुपमा नहेरी, शुभ-अवसरको रुपमा हेर्नु हो । जो समस्यालाई केबल समाधान गर्न खोज्छ, ऊ फेरी अर्को समास्यामा फस्छ तर जो समस्यालाई अवसरको रुपमा लिई समस्याको सदुपयोग खोज्दछ, ऊ सफलताको शिखरमा चुम्न पुग्दछ । फेरी ऊ मानवताको परीभाषा दिदै थियो ।

मानिस प्राणीहरुमा सर्वश्रेष्ठ र विवेकशिल प्राणी हो किनभने मानिससँग एउटा अदभुत गुण हुन्छ, त्यो हो,स्वेच्छा (WILL)। उसले हरेक कुरालाई छनोट गर्ने क्षमता पाएको हुन्छ । यसैले प्राकृतिक नियमलाई पनि जस्ताको तस्तै स्विकार नगरेर त्यसलाई केही हदसम्म भएपनी काबुमा राख्ननाले नै सामान्य मानिस महान बन्न पुग्दछ, अन्यथा हामी पनि पशु सरह नै हुन्छौ । मानिसका मनभित्रबाट निस्कने खराब बिचार जस्तै:चोरी ,हत्या ,लोभ ,लालच, लुच्याई,घमन्डीपन,मुर्खता,आदी सबै कुराहरुले मानिसलाई अशुद्द पार्दछन-यो कुरा बाईबलमा पनि उल्लेखित छ, ऊ भन्दै थियो। तर आज उसको बिचार,भावना र ब्यवहाँर पशुको भन्दा नि अतिनै निच भएको छ । हाम्रा बाबु-बाजेले भन्ने गर्थे, 'वनको बाटो नजाउ,बाघ भालुको फेला परौला ।' तर आज यि हिन्स्रक जनावरभन्दा घातक मानिस नै भएको छ । आज एकान्त ठाउँमा जंगली हिन्स्रक जनावरलाई देखेर हैन, मानिसले मानिसलाई नै देखेर डराउने पर्ने भएको छ। अनी ऊ आफ्नै शैलिमा फेरी साहित्यतर्फको कुरा झल्काउदै मानिसलाई दार्शनिक जीवनको पाठ सिकाउन कविताको लयमा अर्ती दिन थाल्दछ !

सागर जस्तो शान्त रहनु,
 तुफान जस्तो वेग राख्नु।
 यो संसार धेरै स्वार्थी छ,
 कदम कदममा होस् पुर्‍याउनु ।।

फेरी आफ्नो विद्यार्थी जीवनलाई स्मरण गर्दै उु भन्न थाल्दछ-जबसम्म मानिसको मस्तिस्क परीपक्व हुँदैन, तबसम्म ऊ अन्जान हुन्छ। ऊ सपनाको संसारमा हराइरहेको हुन्छ। उसलाई नत शिक्षाको महत्व थाहा भएको हुन्छ नत शिक्षा प्रदान गर्ने गुरुको नै । वास्तवमा 'गुरु' शब्दको अर्थ संस्क्रित भाषाबाट साभार गरिएको हो जसमा 'गु' को अर्थ अन्धकार हो भने 'रु' को अर्थ प्रकाश हो। यसको तात्पर्य के हो भने गुरुको अर्थ अन्धकार र अन्योलमा अल्झिएकालाई सत्यतिर वा उज्यालोतिर लैजाने व्यक्ति हो । त्यसैले त संस्क्रितमा भनिन्छ नि।

गुरुब्रम्हा, गुरुबिष्णु, गुरुर्देवो महेश्वर
गुरु साक्षात्त, परब्रम्ह, तस्मै श्री गुरुवे नम:

शिक्षाको किरण फैलाउने नै गुरुको माध्यमबाट हो। विद्यार्थीलाई अभिप्रेरित गर्नसक्ने क्षमता गुरुमा भएको कारण गुरुलाई सर्वश्रेष्ठ पनि भनिन्छ। भनिन्छ नि मानिसको जन्म दुई पटक हुन्छ। पहिले आमाको गर्वबाट र अर्को गुरुको शिक्षा हासिल गरेर । प्रेम,प्रेम भनेको के हो त? ऊ एकछिन भावुक भएर सोच्छ अनि भन्न थाल्छ-प्रेम त दुई मुटुमा एकअर्काप्रती रहेको अटुट स्नेह वा विश्वाश हो। प्रेममा स्वछता झल्किएको हुन्छ। प्रेमले मानिसलाई जीवनको दार्शनिक पथमा पुर्याउन सक्छ। प्रेमको परिभाषा शब्दमा मात्र उल्लेख गर्न अप्रयाप्त हुन्छ।

ऊ लजाउँदै भन्न थाल्यो-मैले पनि आफ्नो विद्यार्थी कालमा एउटी युवतिलाई असाध्है चाहेको थिँए । सच्चा प्रेम गरेको थिँए उसलाई तर उसले मलाई बुज्न सकिन। मेरो प्रेमको कथा त्यतिमै सिमित रह्यो र मैले त्यो दिन थाहा पाँए कि प्रेम गर्नु भनेको कुनै कुरा पाउनु मात्र नभएर त्याग पनि हो।त्यसैले उसको खुशीको लागि मपछी पर्न वाध्य भए।अहिलेको विद्यार्थीको ध्यान किन्द्रित नहुनुमा धेरै कारणहरु छन्। जस्तै सामाजिक, आर्थिक, मानसिक, बातावरण, इत्यादी। तर प्रमुख कारण भनेको प्रेम सम्बन्धमा गाँसिनु हो। प्रेमलाई अहिले फ्यसन को रूपमा लिईएको छ। तर वास्तवमा प्रेम त !

दाई, तपाईंको गाडी आईपुग्यो । जाने हैन ?
म झस्याङ्ह भए। अती गम्भिरतापुर्वक मैले उसको बिचार नियाल्दै थिए तर त्यतीकैमा समय बितेको पत्तै भएन र मेरो उदेश्य पनि ओझेलमा परेछ। ऊ आँफै अरु दार्शनिक कुरा गर्दै थियो तर समयको कारणले भनौ या मेरो विवसता,म त्यहाँबाट जान वाध्य भए। मैले आफ्नो लक्ष्य सम्झिए। म आकाशबाट खसे झैँ भएँ। मेरो आफ्नो मनको भारलाई सम्हाल्दै आफ्नो यात्रातर्फ लागे र गाडीबाट खलासिले ठुलो-ठुलो आवाजमा कराउदै थियो-पुर्व,पुर्व,पुर्व जाने हो दाई?????? पुर्व !


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses