माछि हैन माछा मार्ने जाली देउ, सिए विद्यार्थी बादल बस्नेतको लेख
Powered by Blogger.
माछि हैन माछा मार्ने जाली देउ, सिए विद्यार्थी बादल बस्नेतको लेख


नेपालीमा एउटा उखान छ, 'जो अगुवा उहि ह**' - नेपालको बर्तमान परिप्रेक्ष देशको अगुवाइ जसले गरिरहेका छन्, उनीहरुलाई म नपुङ्सकको संज्ञा दिन चाहन्छु र म जस्तै देशका हरेक आम नेपाली जनाताहरुको पनि यसमा सहमती जरुर रहनेछ । चाहे त्यो कांग्रेसको सरकार होस्, चाहे एमाले, चाहे मावोवादी र हाल देशमा मधेसी जनाताको नाममा ताण्डव मच्चाहिरहेका छिमेकिका नाजायज दुतहरु नै किन नहुन्, गरीव निमुखा जनाताको नाममा लज्जास्पद राजनीति गरिरहेका यिनिहरुलाई नपुङ्सकको संज्ञा दिंदा कुनै अत्युक्ती हुँदैन ।

२०६२-६३ को जनसागरले एउटा सेतो हात्ती पछारेर कैयौ हिजडाहरुलाई राष्ट्रको बागडोर सम्हाल्न दिए र उनीहरुबाट देशमा बिकास र सम्बृद्धीको आशा गरेर बस्नु हामी जनाताको भुल भएछ अथवा उनिहरुले नेपाली जनाताहरुलाई झुक्काएछन्।

हुन त 'जुन जोगी आएपनी कानै चिरेका' होलान्, तर पनि देशको प्रधानमन्त्री जस्तो गरिममाय पद सम्हाली सकेका र देशका गन्यमान्य बौद्दिक ब्यक्तित्वका रुपमा चिनिएका डा.बाबुराम भट्टराई देशको संविधानन घोषणा भएको भोलिपल्ट सदन र पार्टी त्याग गरी नयाँ शक्तिको ढोल पिट्दै देशैभरी नाचिरहेको समयमा उन्को नयाँ शक्तीबाट के अपेक्षा राख्ने नेपाली जनाताले ? धेरै समिक्षक र आलोचकका कुराको चिन्तन गर्दा 'Either he is an Agent or he will be a Legend' भन्ने निस्कर्ष  निकाल्न सकिन्छ।

नेपालमा पंचायात कालदेखि आजको मितिसम्म यस्ता नयाँ शक्ति कति आए र उनीहरुले देशमा के-कस्ता ताण्डव मच्चाईरहेका छन् भन्ने कूरा त सम्पूर्ण नेपाली जनताको माझमा प्रष्ट छ । तर पनि यो विसम परिस्थितिमा नेपालको राजनीतिमा के के बैकल्पिक उपायहरु छन् त देशमा स्थिरता ल्याउनको लागि । हामीसंग हालको समयमा अरुकुनै नया विकल्प त छैनन् , हाम्रो माझमा भएका सबै राजनीतिज्ञ पनि पुराना हुन र तिनीहरुको काम गर्ने शैली पनि पुरानै ।

'नहुने मामा भन्दा कानो मामा नै जाति' भनेर ६२/६३ को जनआन्दोलनपछि नेपाली जनताले माओवादीलाई त पालो दिएकै हुन् र उनीहरुको कार्यशैली र कार्यशक्ति सबैले बुझिसकेका छन् ।आजको समयमा आएर अब पनि गरिव र पिछडिएका वर्गको राजनीति गरेर उचाई छुने भर्याङ्को रूपमा प्रयोग गर्न खोज्ने हो भने त्यो उचाई धेरै समय नटिक्ला । तसर्थ अबको समयमा जसले देशको आर्थिक विकास र प्रगतिको स्पस्ट खाका जनताको सामुमा राख्दैन, उनीहरुलाई नेपाली जनताले कुनै पनि हालतमा राष्ट्रको बागडोर नसुम्पियोस् ।

भाषणमा मात्र सिमित रहेको आर्थिक क्रान्ति कुनै अध्ययन अनुसन्धान र सहि मार्गचित्र विना सम्भव छैन, चाहे कसैले हावाबाट बिजुली निकाल्छु भनुन वा एक वर्ष भित्रमा देशलाई लोडसेडिङमुक्त बनाउछु भनुन्  । बोलेको भरमा देशको अर्थतन्त्रले फड्को मार्ने भए आज  नेपालचीन र भारतको बराबरीमा दौड लगाईरहेको हुने थियो । अतः नेपालको राजनीति अब उसको काँधमा जान जरुरि छ, जसले नेपालको अर्थतन्त्रमा कायापलट गर्न सकोस । जसको निम्ति देशको विकासको मूल नीति 'संयुक्त राष्ट्रिय नीति' बनोस र यो नीति कुनै राजनीतिक पार्टी वा सरकारको मातहतमा नरहेर राष्ट्रिय (Independent Body) को निगरानीमा रहोस। 

त्यस्तै जलश्रोतजस्तो राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डलाई कुनै पार्टी विशेषको झन्डाले अथवा राजनीतिक भागवन्डाले कुनै असर नपरोस् । देशका ठुला-ठुला राष्ट्रिय प्रोजेक्टहरुमा गैर आवासीय नेपालीहरु जो देशमा लगानी गर्नको लागि अनुकुल बातावरणको पर्खाईमा छन्, उनीहरुको लागि लगानीको अनुकुल बातावरण मिलाईयोस् । नेपाल जस्तो सानो र भुपरीबेस्ठित राष्ट्रमा सुहाउने किसिमको अर्थनीति ल्याईयोस र कृषि, पर्यटन (Service Sector) जस्ता व्यवसायहरुलाई प्रोत्साहन गरियोस अनि यस्ता क्षेत्रहरु नेपालको संयुक्त राष्ट्रिय अर्थनीतिको केन्द्रबिन्दु रहुन् ।

अन्त्यमा सबैले बुज्नु पर्ने कुरा के हो भने अबको राष्ट्रको बागडोर उसको हातमा जान जरुरि छ जसले गरिब र निमुखालाई माथि उठाउने नीति लिएर अगाडी बढोस् न कि उनिहरुको नाममा  राजनीति गरोस् । भोकाएकालाई एउटा माछा बाँड्ने मात्र होइन माछा मारेर खाने जाली अनि माछा पालन गर्ने पोखरी पनि दिने नीति लिएर अगाडी बढोस् ।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses