यस्तो थियो सिए एनएसयु र हेल्पिङ्ग ह्यान्ड्सले संयुक्त रूपमा आयोजना गरेको बनभोज कार्यक्रम (फोटो फिचर)
Powered by Blogger.
यस्तो थियो सिए एनएसयु र हेल्पिङ्ग ह्यान्ड्सले संयुक्त रूपमा आयोजना गरेको बनभोज कार्यक्रम (फोटो फिचर)

ऋषिराम अधिकारी 
दिल्ली ब्युरो, सिए सरोकार 

सिए एनएसयु र हेल्पिङ्ग ह्यान्ड्सले संयुक्त रूपमा डिसेम्बर २७ तारिकको दिन बनभोज कार्यक्रमको आयोजना गरेका छन्। आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत सिए एनएसयु र हेल्पिङ्ग ह्यान्ड्सले बनभोज कार्यक्रम आयोजना गरेका हुन्। हरयाणाको तलियार तालमा आयोजित उक्त कार्यक्रममा सिए विद्यार्थी लगायत सिएहरुको पनि उपस्थिति रहेको थियो । दिल्लीबाट करिव ७० किलो मिटर टाढा रहेको उक्त स्थानमा प्राकृतिक मनोरम दृश्यको भरपुर आनन्द लिएको बनभोजमा सहभागीहरुले सिए सरोकारलाई बताए। 

नयाँ बर्षको उपलक्ष्यमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा दोहोरीका साथै विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । सामान्यतया आफ्नो दिनचर्यामा ब्यस्त हुने विद्यार्थीहरुलाई एकत्रित गरि रमाइलो गर्ने उद्देश्यका साथ उक्त बनभोज कार्यक्रमको आयोजना गरिएको थियो । लक्ष्मीनगरका दुई संस्था मिली बनभोज कार्यक्रम गरेर  एकताको संदेश समेत दिएका छन्।

कार्यक्रममा सिए विद्यार्थीहरुको उल्लेखनिय सहभागीता  रहेको थियो ।  प्रवासमा रहेर पनि सिए विद्यार्थीहरुले नेपालीपनको आभाष  गरेका थिए ।  

बनभोज कार्यक्रम फोटो फिचरमा : 

























हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...

0 comments

Write Down Your Responses