प्रत्येक विद्यार्थीबाट २००० उठाएर बनेको आइक्यानको नयाँ भवनमा कोठा पाएन एनकासाले
Powered by Blogger.
प्रत्येक विद्यार्थीबाट २००० उठाएर बनेको आइक्यानको नयाँ भवनमा कोठा पाएन एनकासाले

https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjX_DT2J8NAMsZl1GOtaMEp35GOsDAeaKOUTQ_eS8L1jJI0nENatSXgjCcSrTLP7Zc9sVdWWABaRZjGG8g46zsQI9jTHMo13cbk8pR26Q3Pv7PRhnL7tW3M2hK9VuN1FPm-0shIx1AFYMf1/s1600/1UJ9O17WJ9SU8M609Q5007I156L205UY305L5271208YK0S00609G0GVHP.jpgविद्यार्थीसँग जनही २००० रुपैयाँ रकम उठायो आइक्यानले, जवरजस्त । त्यसमाथि पनि दुइ-दुइ चोटी उद्घाटन गरियो आइक्यानको भवन ! विद्यार्थीको पैसामा मस्ती नै मस्ती छ आइक्यानका ठुलाबढालाइ ।  तर आइक्यानका विद्यार्थीहरुको छाता सङ्गठन एनकासालाइ भने नयाँ भवनमा कोठा नदिइने भएको छ ।   बिगतमा एनकासालाइ आइक्यानले नयाँ भवनमा छुट्टै कोठा दिने बताइएको थियो । यद्यपी आइक्यानले एनकासालाई यस बिषयमा 'कन्भिन्स' गरेको पाइएको छ।  एनकासालाई भनेर आइक्यानको नयाँ भवन पछाडिको पूरानो घरको कोठा आइक्यानकै भाषामा 'मेन्टेनेन्स' गरेर दिइने बुझिएको छ । नयाँ भवनमा कोठा पाउने आश भने अव तुहिएको छ । 

के भन्छन् एनकासाका अध्यक्ष ? : एनकासाका अध्यक्ष अनील आचार्यले 'आइक्यानले आफुहरुलाई पूरानो भवनमा कोठा दिने बताएका छन् । आइक्यानले एनकासालाई कोठा नदिने भयोरे नि हो ? भन्ने सिए सरोकारको प्रश्नमा अनील आचार्यले भने ,' कोठा नदिने भनेको होइन । दिने हो ।  तर आइक्यान पछाडिको पूरानो भवन 'मेन्टे नेन्स' गरेर दिने हो । ' अनि पैसा लिने बेला विद्यार्थीको अनि नयाँ भवनमा कोठा नदिने ?' भन्ने सिए सरोकारको प्रश्नमा एनकासा अध्यक्ष भन्छन्, ' आइक्यानको भवनभन्दा छुट्टै बस्न राम्रो हुन्छ । कोठा ठुलो पनि छ ।'


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...

0 comments

Write Down Your Responses