सिए डाइरिस फुटबल लिग २०१५ को उपाधि स्केप्टिकल अडिटरलाई
Powered by Blogger.
सिए डाइरिस फुटबल लिग २०१५ को उपाधि स्केप्टिकल अडिटरलाई

ऋषिराम अधिकारी 
दिल्ली ब्युरो, सिए सरोकार 


सिए डाइरिस फुटबल लिग २०१५ को उपाधि स्केप्टिकल अडिटरले जितेको छ । हिजो भएको घिटोर्नीको द डेनमा सम्पन्न खेलमा उक्त टिम विजयी भएको थियो।  निकैनै रोमान्चक उक्त फाइनल खेलमा स्केप्टिकल अडिटरले लिगल लिजेन्ड्सलाई  ३-० को अन्तरले पराजित गर्दै लिगको उपाधि चुम्न सफल भएको थियो । उपाधिको लागि स्केप्टिकल अडिटरका  प्रज्वल रट्टेलले १ र अविक श्रेष्ठले २ गोल गरेका थिए।



सेमिफाइनलमा जिएसटि ग्लाडिएटरलाइ ट्राइवेकरमा पराजित गर्दै स्केप्टिकल अडिटर फाइनलमा प्रवेश गरेको थियो । कप्तान संजय सुबेदीले खेल दौरानमा १ गोल गर्दै आफ्नो टिमको मनोबल बढाएका थिए। फाइनल खेलमा उत्कृस्ट खेलाडी प्रज्वल श्रेष्ठ घोषित भएका थिए भने खेल भरिको वेस्ट गोल किप्पर  सन्तोष अधिकारी रहेका थिए।


उक्त जीतले आफु निकै खुशी रहेको र यो जीत सम्पूर्ण लक्ष्मीनगर बासी सिए बिधार्थीलाइ समर्पित रहेको टिमका कप्तान संजय सुबेदीले सिए सरोकारलाई जानकारी दिए।  उक्त टिमका म्यानेजर भने सुरज बुढाथोकी, बिनेश थापा र संगम ज्ञवाली रहेका थिए।  उक्त टिमको स्पोन्सर भने जीन बन्धु नामक संस्थाले गरेको थियो।

स्केप्टिकल अडिटर मा २ सिए र ७ सिए विद्यार्थी गरि कुल ९ खेलाडीले भाग लिएका थिए।  रहिश के. सी र विक्रम गरि २ सिए थिए भने अन्य खेलाडी संजय सुबेदी, कैलाश श्रेष्ठ, प्रज्वल कट्टेल, अविक श्रेष्ठ, आशिष घर्ति मगर, सन्तोष अधिकारी र सनिल पक्का खेलमा समावेश थिए।


त्यसै गरी तेश्रो स्थानको लागि भएको खेलमा पेनाल्टी सेवर्सले जिएसटि ग्लाडिएटर लाइ ४-० ले पराजित गर्दै  तेश्रो स्थान हासिल गरेको थियो । सिए नागेन्द्र साहले पेनाल्टी सेवर्सको लागि कप्तानको भुमिका निर्वाह गरेका थिए।  


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses