
यसो त एक्यानमा नेपाल बोर्ड बाट उतिर्ण भएका भन्दा भारतीय बोर्डबाट उतिर्ण भएका हरुको बर्चश्व छ । एक्यानको अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष जस्ता महत्वपूर्ण पदहरुमा भारतीय बोर्डबाट उतिर्ण सिएहरुकै बर्चश्व छ । महासचिव पदमा नेपाल बोर्डबाट सन्तोष लम्सालको उमेद्वारी परेको भए पनि उनीलाइ प्राप्त हुने अधिकांस भोट भारतीय बोर्डकै हुने अनुमान गरिएको छ । यसर्थ यसपालीको एक्यानको चुनावमा बिगतका बर्षहरु जस्तै नेपाल बोर्डका सदश्यहरुको उमेद्वारी कम छ ।
भूप राज न्यौपानेले गर्दैछन् प्रतिनिधित्व : एक्यानको चुनावमा सिए भूप राज न्यौपानेले उमेद्वारी दर्ता गराएका छन् । उनले कार्यकारेई समितिको सदस्यका लागि आफ्नो उमेद्वारी दर्ता गराएका हुन् । हाल 'प्राक्टिस' मा रहेका भूप राज न्यौपाने क्रियाशील युवा सिएको रुपमा परिचित छन् । आफु गुटगत प्रतिष्पर्धा भन्दा पनि एजेन्डामा उभिएको बताउने भूप राज न्यौपानेले यसपाली आफुलाई कार्यकारी समितिको सदस्यमा जिताउन सबैलाई आग्रह गरेका छन् ।
म फरक एजेन्डा बोकेको उमेद्वार हुन् : न्यौपाने : पछिल्लो समयमा ए क्यान को चुनाव मा उमेद्वारी दिएका अधिकांसका एउटै छन्। तर आफु फरक एजेन्डा लिएर उठ्न लागेको उनको दावी छ । Small and Medium Practitioner (SMP) को अवाधारनालाई एक्यानमा पुगेर जोडदार रुपमा अगाडी बढाउने र त्यसका लागि पहल गर्ने उनको भनाइ छ । पछिल्लो समयमा 'प्राक्टिस' मा जान खोज्ने नयाँ सिएहरुलाई अवसर कम हुँदै गएको परिप्रेक्षमा यो अवधारणा नेपालमा बिकसित गर्न सके निकै फाइदा हुने उनको भनाइ छ ।
अध्ययन गरेर उमेद्वारी : भूप राज न्यौपानेले आफुले बोकेको एजेन्डा अर्थात 'एसएमपी' बारे अध्ययन गरेर आफुले उमेद्वारी दिएको बताएका छन् । विदेशमा यस बिषयमा कस्तो अभ्यास छ, नेपालमा यसको सम्भावना र चुनौती कस्तो छ भन्ने बारे गहिरो अध्ययनपछि यहि बिषयलाइ प्राथमिकताका साथ् अगाडी बढाउन बह्न्दै आफुले उमेद्वारी दिएको उनको तर्क छ ।
भूपराज न्यौपानेसँगै नेपालबोर्डका अर्का एक सिएले पनि कार्यकारी समितिको सदस्यका लागि उमेद्वारी दिएका छन्।
भूपराज न्यौपानेसँगै नेपालबोर्डका अर्का एक सिएले पनि कार्यकारी समितिको सदस्यका लागि उमेद्वारी दिएका छन्।
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...
0 comments
Write Down Your Responses