बिराटनगरमा जारी सिए विद्यार्थी कन्फेरेन्सको उद्घाटन भएको छ । आइक्यान र एनाकासाको आयोजना र मेरिल्याण्ड एप्लाइड सिए एकेडेमीको मुख्य प्रायोजनमा आयोजना भइरहेको उक्त कार्यक्रममा विव्भिन्न बक्ताहरुले आफ्ना भनाइ तथा कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरेका छन् ।कार्यक्रममा आइक्यानका अध्यक्ष प्रकाश लम्शाल, एक्यानका अध्यक्ष हरि कुमार सिलवाललगायतको समेत उपस्थिति छ। विशेषगरी एल पी भानु शर्माको प्रस्तुतीलाई विद्यार्थीहरुले विशेष रुपमा लिएका छन्।
कार्यक्रममा बोल्दै आइक्यानका अध्यक्षले कार्यक्रमको सफलताको शुभकामना दिएका छन् । उनले बिगत केहि बर्ष अगाडी देखि कोशिस भएको सीपीए अष्ट्रेलियासँगको सम्झौताले मुहुर्त रुप लिएकोमा आफु निकै खुसी भएको समेत बताएका छन् ।
उक्त कार्यक्रममा सिए विद्यार्थी सम्मेलनका लागि तयार गरिएको विशेष पुस्तक समेत लोकार्पण गरिएको छ ।





हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...


0 comments
Write Down Your Responses