
संस्थाले चार्टर्ड एकाउन्टेन्सी शिक्षाको प्रवर्धनका लागि विभिन्न सेमीनार गोष्ठी तथा अन्य प्रवर्धनात्मककार्यहरु गर्दै आएकोमा चार्टर्ड एकाउन्टेन्सी शिक्षाको स्थानीय स्तरमा समेत चेतना अभिबृद्धी गराउँदै पूर्वाञ्चलमा चार्टर्ड एकाउन्टेन्सी शिक्षाको थप प्रवर्धन गर्न, बिद्यमान विद्यार्थीहरुको क्षमता विकास गराउन तथा सरोकारवालाहरु समक्ष आईक्यान तथा सिए शिक्षाको बारेमा सचेतना फैलाउने उदेश्यले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स बिद्यार्थी संघठन (एनाकासा) को संयुक्त आयोजनामा चैत्र ०५ र ६ गते पूर्वाञ्चलको विराटनगर स्थित अतिथि सदनमा कार्यक्रम संचालन गर्न लागिएको आइक्यान र एनकासाद्वारा संयुक्त रुपमा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
एनकासा र आइक्यानको विग्य्पतिमा भनिएको छ, 'सम्मेलनमा ४ वटा बिषयवस्तुमा १२ वटा कार्यपत्रहरु प्रस्तुत हुनेछन । सम्मेलनमा फरेन्सिक अडिट, मुल्य स्थानान्तरण एवं दाहोरो कर उन्मुक्ती, नेपाल बित्तिय प्रतिवेदनमानको कार्यन्वयन एवं चुनौती तथा कम्प्यूटरको प्रयोगबाट गरीने लेखापरीक्षण सम्बन्धी बिषयमा तीन तीन जनाकादरले जम्मा १२ जनाको कार्यपत्र रहनेछ । प्रत्येक सत्रमा एक बरिष्ठ मुल्याड्ढन समुह रहनेछ र उत्कृष्ठ कार्यपत्रको छनौट गरी पुरस्कृत समेत गरिनेछ । '
सम्मेलनको मुख्य प्रायोजन पूर्वाञ्चलमा आईक्यानबाट सिए अध्यापनकालागी सम्बन्धन प्राप्त संस्था मेरील्याण्ड एप्लाईड सिए एकाडेमी बिराटनगरले गरेको छ । कार्यक्मको सह-प्रायोजन जेनिथ ईन्टरनेशनल कलेज तथा रमपम चाउचाउले गरेका छन । प्रायोजक र सह प्रायोजकका अतिरिक्त कार्यक्रममा पूर्वाञ्चलका प्रतिष्ठीत ब्यवसायहरुको समेत सहयोग रहनेछ ।
कार्यक्रम सफल बनाउनका लागी आईक्यानका नेतृत्वकर्ताहरु, लेखामान बोर्डका सदस्य तथा एनकाशाका नेतृत्वकर्ता सम्मिलित एक मुल सल्लाहकार मण्डल, कन्भेनसन संयोजन समिति तथा १२ वटा बिभिन्न उपसमितिहरु गठन गरिएका छन ।






हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...

0 comments
Write Down Your Responses