
यहाँको चलन यस्तै छ !
नाता भन्दा पैसाको मोल धेरै छ !!
वास्तविकतालाई त कस्ले बुझने !
देखावटी पनको बोल धेरै छ !!
तपाई भन्ने कोही भएनन !
भावना भन्दा शब्दको छाल धेरै छ !!
वास्तविकतालाई त कस्ले बुझने !
मपाईको खाल धेरै छ !!
कुर्सीको मोह त्याग्ने कोही भएनन !
मानिस भन्दा पदको जाल धेरै छ !!
वास्तविकतालाई त कस्ले बुझने !
लुटेराहरुको ढाल धेरै छ !!
यहाँको चलन यस्तै छ !
उद्द्योग भन्दा दलको बहाल धेरै छ !!
वास्तविकतालाई त कस्ले बुझने !
नयाँ नेपालको ताल नै यस्तै छ !!
- रमेश प्रसाद साह
राधेमाई, बिरगंज
हाल - नयाँ दिल्ली
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...

0 comments
Write Down Your Responses