सिए सरोकार टिप्पणी : आइक्यान करियर एक्स्पो, समग्रमा 'एग्रीगेट शट' !
Powered by Blogger.
सिए सरोकार टिप्पणी : आइक्यान करियर एक्स्पो, समग्रमा 'एग्रीगेट शट' !


विद्यार्थीलाई सिएतर्फ आकर्षित गर्न भन्दापनि 'गर्नका लागि' गरिएको जस्तो भान भयो यसपालीको आइक्यान करियर एक्स्पो ।  हिजो र आज सम्पन्न भएको कार्यक्रममा आज मधेशी मोर्चाको सिंहदरबार घेराउ कार्यक्रमले एक्स्पोमा विद्यार्थीभन्दा 'भोल्युन्टर' बढी देखिन्थे । हिजोको कार्यक्रममा 'मोटिभेसनल स्पीच' भएकाले र उद्घाटन सत्र भएकाले विद्यार्थीहरुको उपस्थिति राम्रै थियो । यद्यपी हिजोको कार्यक्रममा पनि नयाँ विद्यार्थी भन्दापनि आइक्यानकै पूराना विद्यार्थीहरुले एक्स्पो हेरेका थिए ।

आइक्यानले गरेको प्रचार प्रसारको पनि केहि सिप लागेन । विद्यार्थी एक्स्पोमा प्रवेश गरेपछि कहाँ जाने, कता बुझ्ने भन्ने बिषयमा आइक्यानले संयोजन गर्न नसक्दा सक्नेले गेटबाटनै विद्यार्थी तानेर लगे, नसक्नेले हेरिरहे । आइक्यानका विद्यार्थीहरुले राम्रो स्वयम् सेवा गरे । तर आइक्यानको संयोजननै गतिलो नहुँदा कार्यक्रम सफल हुन सकेन ।

एक्स्पो भित्रै मतभेद देखियो । विद्यार्थी कहाँ घुम्ने, कता जाने भन्ने बिषयमा सहभागीहरुकै मत बाझियो । आइक्यानको स्टलमा भारतीय बोर्डको बारे बोल्न नमिल्ने भनेपछि भारतीय बोर्डबारे बुझ्न आएका निराश भए ।  केहिले  सहभागी संस्थाको स्टलबाट जानकारी लिए ।

खर्च पूरै घाटामा गएको निश्चित छ ।  आइक्यान करियर एक्स्पोमै घुमेर सिए पढ्ने विद्यार्थीहरुको संख्या निकै कम हुने समेत पक्का छ ।

पोहोरको तुलनामा आइक्यान करियर एक्स्पो केहि ब्यबस्थित भएको भएपनि धेरै कुराले कार्यक्रमलाई साथ् दिएन । हिजो विद्यार्थीको उपस्थितिको तुलनामा आज विद्यार्थीहरु उल्लेखनीय रुपमा आउने विश्वास लिइएको थियो ।  तर मधेशी मोर्चाको आन्दोलनका कारण विद्यार्थी आएनन् ।             

गर्न सबै गरेको हो आइक्यानले । तर संयोजन राम्रो भएन । कता के बिग्रियो के भनेजसरी विद्यार्थी नआउँदा समस्या भयो । प्रचार सहि तरिकाले नगर्दा त्यसको असर एक्स्पोमा देखियो ।

समग्रमा कार्यक्रम सिएको पढाइमा हुने 'अग्रिगेट शट' जस्तै भयो । सबै कुरामा औसत काम भएको भएपनि समग्रमा एक्स्पो 'फेल' भयो ।      


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...

0 comments

Write Down Your Responses