आइक्यानलाई पत्र पाठाउंदै आइसीएइडब्लुले भन्यो, 'एमआरएको फाइनल ड्राफ्ट पठाउ'
Powered by Blogger.
आइक्यानलाई पत्र पाठाउंदै आइसीएइडब्लुले भन्यो, 'एमआरएको फाइनल ड्राफ्ट पठाउ'


आइक्यानका तत्कालिन अध्यक्ष नरेन्द्र भट्टराइको निकै ठुलो प्रयासमा अघि बढेको प्रक्रिया भएपनि आइक्यान र आइसीएइडब्लु बीचको एमआरए तुहाउन आइकयान अध्यक्षनै लागेको हल्ला सुनिएका बेला आइक्यानलाई आइसीएइडब्लुले औपचारिक पत्र पठाएको छ ।  आइसीएइडब्लुले पत्रमा एमआरएको फाइनल ड्राफ्ट पठाउन अनुरोध गरेको छ ।

यो सम्झौतामा निश्चित मापदण्ड हुने बताइएको छ । आइक्यानबाटनै उतिर्ण भएका सिए हुनुपर्ने, आइक्यानबाट उतिर्ण भइ कम्तिमा २  बर्ष लेखा व्यवसायमा संग्लग्न भएको हुनुपर्ने, लेखा व्यवसाय आफ्नै फर्ममा गरेको वा अन्य लेखा परिक्षण फर्ममा २ बर्ष काम गरेको हुनुपर्ने लगायतका मापदण्ड उक्त सम्झौतामा रहेको बताइएको छ ।

आइसीएइडब्लु विश्वमै चर्चित सिए इन्स्टिच्युट रुपमा लिइने गरेको छ । यद्यपी यो एमआरए हुन नदिन आइक्यान भित्रकै केहि जिम्मेवार पधाधिकारीहरु लागि परेको आरोप समय समयमा लाग्दै आएको छ ।  


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses