सिए सरोकार डटकम अब लोकप्रिय मोबाइल एप 'ट्याक्सपर्ट'मा पनि...
Powered by Blogger.
सिए सरोकार डटकम अब लोकप्रिय मोबाइल एप 'ट्याक्सपर्ट'मा पनि...


सिए सरोकार डटकम अब लोकप्रिय मोबाइल एप ट्याक्सपर्टमा समेत हेर्न पाइने भएको छ । केहि समय अगाडी अपलोड भएको एप्सको पछिल्लो भर्जनमा सिए सरोकार डटकम थपिएको हो । अब सिए सरोकारले प्रकाशन गरेका सम्पूर्ण सामाग्रीहरु उक्त एप्समा हेर्न पाइनेछ ।

ट्याक्सपर्ट सन् २०१५ मा सार्वजनिक भएका सबै मोबाइल एप्समध्ये दोश्रो बढी लोकप्रिय एप्स हो । विशेषगरी ब्यापारी र लेखा व्यवसायीवीच निकै नै लोकप्रिय रहेको यस एपमा सिए सरोकार डटकमका अलावा अर्थसरोकार डटकम, बिजमान्डु डटकम लगायतका केहि चर्थिच्त आर्थिक समाचार पोर्टलहरु पनि राखिएका छन् ।

कर सम्बन्धि जानकारी दिने एप्सलाई विशेषगरी सिएहरुले पनि निकैनै रुचाएका हुनाले र समग्र व्यवसायीहरुले पनि सिए क्षेत्रका अपडेट पाउन् भन्ने उदेश्यका साथ सिए सरोकार डटकमलाई उक्त एप्समा राखिएको एप निर्माता कम्पनी भोल्कससफ्ट प्रालिका प्रबन्ध निर्देशक तुलसी दाहालले बताए । 

सिए सरोकार डटकम नेपाल न्युज स्टोर र ट्याक्सपर्ट गरी अव दुई एपमा हेर्न सकिने भएको छ ।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...

0 comments

Write Down Your Responses