आइक्यानको अनियमितता प्रकरण: छानविन गरी पाउँ भनी सार्वजनिक खरिद अनुगमन कार्यालयमा पनि उजुरी
Powered by Blogger.
आइक्यानको अनियमितता प्रकरण: छानविन गरी पाउँ भनी सार्वजनिक खरिद अनुगमन कार्यालयमा पनि उजुरी

https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjX_DT2J8NAMsZl1GOtaMEp35GOsDAeaKOUTQ_eS8L1jJI0nENatSXgjCcSrTLP7Zc9sVdWWABaRZjGG8g46zsQI9jTHMo13cbk8pR26Q3Pv7PRhnL7tW3M2hK9VuN1FPm-0shIx1AFYMf1/s1600/1UJ9O17WJ9SU8M609Q5007I156L205UY305L5271208YK0S00609G0GVHP.jpgआइक्यानका अध्यक्ष प्रकाश लम्शालको ठाडो निर्देशनमा आइक्यानमा भएको भनिएको अनियमितताबारे छानविन गरी पाउँ भनी सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी परेको छ । उक्त उजुरीको बोधार्थ आज आइक्यानमा आइपुगेको हो ।

स्रोतका अनुसार उक्त उजुरी प्राइम मल्टिपल एजुकेसन फाउन्डेसनले हालेको हो । आइक्यानले सार्वजनिक खरिद ऐन विपरित काम गरेको, सम्झौता गर्न बोलाएर अन्यत्रै विद्यार्थी पठाएको, लगायतका विभिन्न कागजातसहित कार्यालयमा उजुरी गरेको हो । 

केहि दिनअघि कार्यालयमा परेको उजुरीको बोधार्थ आज आइक्यान आइपुगेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी परेसँगै यो विषयले पुन: एकपटक बजार तताएको छ । यसअघि आइक्यानमा सार्वजनिक खरिद ऐन विपरित काम भएको भन्दै त्यसको अनुसन्धान गरी पाउँ भनी अख्तियार दुरुपयोग अनुसन्धानमा समेत उजुरी परेको थियो । 

यस बिषयमा अख्तियारले अनुसन्धान गरीरहेको बुझिएको छ ।        


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses