सुरु भयो सिए सप्ताह (सिजन २), पहिलो बहस एक्यानका कोषाध्यक्षसँग, भवन निर्माणका लागि लाइभ कार्यक्रमबाटै सहयोग
Powered by Blogger.
सुरु भयो सिए सप्ताह (सिजन २), पहिलो बहस एक्यानका कोषाध्यक्षसँग, भवन निर्माणका लागि लाइभ कार्यक्रमबाटै सहयोग

  • सिए सरोकार सम्बाददाता 

सिए सरोकार टेलिभिजन कार्यक्रमको विशेष प्रस्तुती सिए सप्ताह २०७३ को सिजन २ प्रशारण सुरु भएको छ । आइतबारबाट सुरु भएको कार्यक्रम हरेक दिन बेलुकी ५ बजेदेखि ५:३० बजेसम्म प्रत्यक्ष टिभी टुडे टेलिभिजनमा प्रशारण हुन्छ भने उक्त कार्यक्रमको अनलाइन संस्करण सिए सरोकार डटकम र अर्थ सरोकार डटकममा समेत हेर्न सकिनेछ 

नेपाली टेलिभिजन इतिहासमै पहिलो पटक यसरी सिए सम्बन्धी कार्यक्रमको पनि सप्ताह मनाउने चलन सिए सरोकारले ल्यायेको हो । शुभम् मिडियाको प्रस्तुतीमा उत्पादन भइरहेको कार्यक्रमको पहिलो भागमा एक्यानका कोषाध्यक्ष सिए दुर्गा ज्ञवालीलाई प्रस्तुत गरिएको छ ।

साथै उक्त कार्यक्रममा शुभम् मिडियाका तर्फबाट एक्यानको भवन निर्माणका लागि सहयोग रकम स्वरूप रु.५००० प्रदान गरिएको छ । 'हामीले एक्यानको भवन निर्माणका लागि केहि पिस इट्टा किन्न सहयोग गरेका हौँ । सबै मिलेर एक्यानको भवन बनाउन सहयोग गर्नुपर्छ ।' कार्यक्रम सञ्चालक समेत रहेका शुभम् मिडिया प्रालिका प्रबन्ध निर्देशक सुरज प्याकुरेलले भने ।

साथै उक्त कार्यक्रममा एक्यान भवन निर्माण कोष र एक्यानका अन्य गतिविधिको समेत समिक्षा गरिएको थियो । शुभम् मिडिया प्रालि यसअघि सिए सप्ताह २०७३को पहिलो संस्करण सम्पन्न गरिसकेको छ ।

हेर्नुहोस् भिडियो 


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses