
- सिए सरोकार सम्बाददाता
काठमाडौँ - बेला बेलामा अचम्मका काम गर्ने नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले पत्रकारहरुलाई खबर नै नगरी आफुले विज्ञापन दिएको एउटा मिडियाको भरमा पत्रकार सम्मेलन गरेको खबर प्राप्त भएको छ । आफुलाई एक मिडिया हाउसले एक विज्ञापनमा खेलाएपछी संस्थाका टेक्निकल डाइरेक्टर पुष्पेन्द्र सिंहले अहिले कुनै पनि पत्रकार सम्मेलन गर्नुपर्ने कुनै पनि मिडियालाई खबर नगर्ने र सोहि विज्ञापन प्रशारण गर्ने संस्थालाई विज्ञप्ति बनाउन लगाएर केहि मिडियामा पठाएकै भरमा पैसाको चलखेल गर्ने गरेको आइक्यानका एक कर्मचारीले सिए सरोकारलाइ बताए ।
पत्रकारनै नबोलाई पत्रकार सम्मेलन :
माघ १८ गते चार्टर्ड एकाउन्टेन्टहरुको प्रथम दीक्षान्त समारोह आयोजना गर्ने जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको भनिएपनि आइक्यानले आफुले लाखौँ रकम बाँडेको एक मिडिया हाउसले बोलाएका केहि पत्रकारमात्र कार्यक्रममा उपस्थित भएको आइक्यान स्रोतको दावी छ । संस्थाले आयोजना गरेको पत्रकार सम्मेलन भन्दै रासस सहितका केहि सञ्चारगृहहरुले समाचार छापेका छन् भने नेपालका बिग मिडिया र सिए क्षेत्रमै कलम चलाउनेहरुलाइ कार्यक्रमको बारेमा जानकारी नै दिईएको थिएन ।
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...
0 comments
Write Down Your Responses