सिए नेवि संघ भारतले पतंजलिमा औधोगिक भ्रमण गराउने
Powered by Blogger.
सिए नेवि संघ भारतले पतंजलिमा औधोगिक भ्रमण गराउने


सिए नेवि संघ भारतले यही जनवरी ७ र ८ तारिकको दिन औधोगिक भ्रमण गराउने भएको छ। सिए विद्यार्थीहरुलाई मध्यनजर गर्दै २ दिने भ्रमण तय गरिएको स्थान भने हरिद्वार स्थित पतंजलि रहेको छ। भ्रमणको लागि एक विद्यार्थीले जनहि भारू ६५० दिनु पर्ने छ।


हरिद्वार स्थित पतंजलिमा भएको सम्पूर्ण गतिबिधिहरु विद्यार्थीहरूले  नजिकबाट बुझन सकिने वातावरणको लागि हामी लागि परेको कुरा सिए नेवि संघ भारतका सभापति गिरु न्यौपानेले सिए सरोकारलाई बताए। उक्त भ्रमणबाट सिए विद्यार्थीहरुले उद्योग संचालन, व्यवस्थापन तथा सिएको उद्योग क्षेत्रमा रहेको भूमिकाको प्रत्यक्ष अनुभूति गर्न सक्ने छन्।


सिए नेवि संघ भारतले यस्ता खालको कार्यक्रम विद्यार्थीहरूका लागि गर्दै आएको छ। 


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses