![]() |
स्व. विक्रम कार्की |
करिब एक बर्ष अघी भारत भित्रिएका बिक्रम पहिला देखी नै गाजा चुरोट र अन्य केही लागु पदार्थ को शोकिन भएको बताइएको छ । परिवार देखी पर रहदा कसैको डर चिन्ता नभएको कारणले पनि भारत मा रहदा उनी अली बढी नै लागु पधार्थको सेबन गर्ने बानी मा फसेको उनका निकटका केही साथीहरुले बताएका छन । यती बेला बिक्रम को निधन ले भारत मा सिए अध्ययन गर्न पठाउने अभिभावक हरु तनाबमा छन भने बिक्रम को पुरै परिवार सोकाकुल छ । केहीले बिक्रमले फ्रस्ट्रेसनका कारण बढी लागु पदार्थ सेबन गरेको बताउछन भने धेरैले यसलाई अबिभावक र सोयम उनकै लापर्बाही भनेका छन ।
सम्पूर्ण वाबु आमाहरु प्रति आव्हवान गर्दै हातेमालो नेपाली बिधार्थी समुहका अध्यक्ष सुबाश पाण्डे भन्छन, "सायद हाम्रो समाजमा आफ्ना सान्तनले पनि नराम्रो वाटो लिन सक्छन ,आफ्ना सन्तान पनि न राम्रो संगतमा फस्न सक्छन भनेर आफ्नो ठाउँ बाट बाऊ -आमाहरुले वेला वेलामा ध्यान दिने हो भने लक्ष्मीनगरमा कुलतको जन्जिरमा निस्किनै न सक्ने गरि आफ्नो मृतुको प्रतिक्षा गर्दै निस्लोट अवस्थामा पल्टिएका सयौ नेपाली यूवाहरु सायद समयमै सी. ए. सक्काएर आफ्ना बाबु आमाको आशाको दियोमा तेल थप्न जाने थिय हैन भने विक्रम कार्कीहरु एसरि नै निस्लोट भयर पल्टी रहने छन् , नसामै मरेर जाने छन् , अनि सपनाको दियोमा तेल थप्न आउला भनेर दिन गन्दै वसेका बाऊ -आमाहरु आफ्नो सन्तानको मृत्युनामामा हस्ताक्षर गरि रहने छन् ।"
समाचार तथा तश्बिर सौजन्य:
ॠषि राम अधिकारि (सिए सरोकार का दिल्ली सम्बाददाता)
लक्ष्मीनगर, नयाँ दिल्ली, भारत
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...
0 comments
Write Down Your Responses