नेपाल बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्रप्रताप शाह नियुक्त भएका छन् । विहीबार विहान बसेको कम्पनीको सञ्चालक समिति बैठकले शाहलाई खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्त गरेको हो । शाह यसअघि कृषि विकास बैङ्कको महाप्रबन्धक र बीमा समितिको अध्यक्ष भइसकेका छन् । पुरानो अनुभव भए पनि शाह एक दशकभन्दा लामो समयदेखि बैङ्किङ क्षेत्रभन्दा बाहिर थिए । सीईओ छान्ने प्रक्रियामा विबाद आएपछि तीनदिनदेखि सञ्चालक समितिको बैठक चलिरहेको थियो । बैङ्कको सीईओ पदका लागि शाहसँगै कुमार लम्साल र छपिराज पन्तको नाम शिफारिश भएको थियो । लम्साल सानिमा बैङ्क र किस्ट बैङ्कका पूर्व सीईओ हुन् भने पन्त नेपाल एसबीआई बैङ्कमा चिफ रिस्क अफिसर पदमा कार्यरत छन् ।
यसबाहेक बैङ्कको सीईओ पदका लागि अनलराज भट्टराई, कुलराज चालिसे, समिर दाहाल र रघुनाथ खनालले आवेदन दिएका थिए । यसमध्ये चालिसे र दहाल बाहेक सबै जना सर्ट लिस्टमा परेका थिए भने शिफारिश हुने बेलामा शाह, लम्साल र पन्त अगाडी देखिए ।
हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...

0 comments
Write Down Your Responses