आशन्न आईक्यानको चुनावका लागि नेपाल अडिटर्स एसोसिएसन (अडान) ले आफ्ना उमेद्वारहरु घोषणा गरेको छ। घोषित उमेद्वारहरुमा अडानका वरिष्ठ उपाध्यक्ष सूर्य अधिकारी, सचिवहरु ध्रुव पौडेल र यादव न्यौपाने र कोषाध्यक्ष गणेश राई छन् । यसैबीच अडानले पेशागत हित र एकताको लागि आरएहरुको तर्फबाट निर्विरोध बनाउने प्रयास गर्ने बताएको छ । सामाजिक संजार फेसबुक मार्फत अडानका तर्फबाट कृष्ण पौडेलले यस्तो बताउनुभएको हो।
आईक्यानको काउन्सिलमा आरएहरुको सहभागिता पनि निकै नै महत्वपूर्ण मानिन्छ। विशेष गरी आइक्यानको अध्यक्ष र उपाध्यक्षको निर्वाचनमा आरएहरुको मतलाई निकै नै महत्वपूर्ण मतका रुपमा लिईने गरिन्छ। आईक्यानका प्राय: जसो सबै काउन्सिलका निर्णयहरुमा आरएहरुको मतलाई निकै नै महत्वका साथ हेरिने हुनाले पनि अडानका उमेद्वार को को छन् भन्ने कुराले नेपाली सिए बजार तताउने गरेको छ। यसपाली आईक्यानको आशन्न चुनावमा भिड्न लागेका आरएहरु पनि निकै बलिया उमेद्वारका रुपमा विश्लेषण गरीएको छ। अडानका तर्फबाट आईक्यानको चुनावमा लड्न लागेका चारै जना उमेद्वार नेपाली सिए बजारमा निकै नै चर्चित व्यक्तित्वहरु हुन्।

हामीलाई फलो गर्नुहोस् :
प्रतिकृया दिनुहोस्
Loading...

0 comments
Write Down Your Responses