आइक्यानको सदश्यता परिक्षा सर्यो
Powered by Blogger.
आइक्यानको सदश्यता परिक्षा सर्यो

आइ क्यानको अधिकारिक सुचना
नेपाल चार्ट्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले  यही NOVEMBER 15, 16,17 गते लिने भनेको सिए सदश्यता परिक्षा सरेको छ ।  संबिधान सभाको निर्वाचनका कारण परिक्षा अनिस्चित कालका लागि परिक्षा सारीएको खबर आएको छ । यध्यपी आइक्यानले भने आफ्नो सुचनामा "बिशेष परिस्थिती"का कारण परिक्षा सारीएको बताएको छ । संबिधान सभाको निर्वाचन पछीको माहोल हेरेर आगामी परिक्षाको मिती तोकिने  बुझिएको छ । यसभन्दा अघी आइक्यानले यही कार्तिक २९ गते मङ्सिर १ गते र मङ्सिर २ गते परिक्षा तोकेको थियो । तर संबिधान सभाको निर्वाचनमा मुलुक होमिइसकेकोले परिक्षा सारीएको बुझिएको छ ।  आइक्यानले भारतीय बोर्ड बाट उतिर्ण गरेका सिएहरुलाई नेपालको सदस्यता लिन केही बिषयको परिक्षा लिदै आएको छ । परिक्षा सारेको निर्णय आए लगतै बिभिन्न मिश्रित प्रतिकृया आएका छन । केहीले आइक्यानको निर्णयलाई स्वागत गरेका छन भने केहीले भने निर्वाचन मङ्सिर ४ मा भएकाले आइक्यानले परिक्षा नसारेको भये हुन्थ्यो भनी प्रतिकृया दिएका छन ।

READ MORE NEWS>>>


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...

0 comments

Write Down Your Responses